हेर्नुहोस गायक टंक बुढाथोकीको ‘कान्छा कान्छी’को भिडियो सार्वजनिक

मनोरंजन

गायक टंक बुढाथोकी अब भिडियो निर्देशनमा पनि लागी परेका छन्। उनले आफ्नै गित ‘कान्छा कान्छी’को भिडियो निर्देशन गरेका छन्। सार्वजनिक भएको गितको भिडियो निर्देशन उनको पहिलो भने होइन। उनले हालै सार्वजनिक ‘कान्छा कान्छी’ भिडियो गरेर ४ वटा गीतमा निर्देशन गरिसकेका छन्।

किन त? जवाफमा टंक भन्छन्, ‘गीतको शब्द र धुन बनाउदै गर्दा यसको कन्सेप्ट पनि आउने हँदा आफ्नो गीतमा आफैले अलि अलि गरेको हो। त्यस्तो व्यवसायिक हिसाबले नै मैले निर्देशन सुरु गरेको होइन।’

शब्द, संगित तथा आवाज टंक बुढाथोकीकै रहेको सार्वजनिक कान्छा कान्छीको भिडियो निर्देशन पनि गायक स्वयम् बुढाथोकीले गरेका छन्। गायक टंक बुढाथोकीलाई गायिका बुनु उप्रेतीले साथ दिएकी छन्।

मुस्ताङका रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ। सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गितको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ।

Leave a Reply

Your email address will not be published.