अमिताभको तेस्रो सुझाव मानेनन् रजनीकान्तले

अन्तरास्ट्रिय

काठमाडौं– सुपरस्टार अमिताभ बच्चन र रजनीकान्तको मित्रता बलिउडमा चर्चित छ।

अचम्मको कुरा त यी दुई मित्र एक अर्काको सल्लाह सुन्छन् तर मान्दैनन्। यस रहस्यको खुलासा स्वयम् रजनीकान्तले हालै एक कार्यक्रममा गरे। सुपरस्टार रजनीकान्तको छिट्टै प्रदर्शनको क्रममा रहेको फिल्म ‘दरबार’को प्रमोसनको क्रममा उनले मिडियाले गरेको केही प्रश्नको जवाफ दिँदै रहस्य खुलाएका हुन्।

‘अमिताभ मेरो लागि पर्दा र वास्तविक जीवन दुवैमा आदर्श हुन्। उनी एक आदर्श हुनका साथै मेरो प्रिय मित्र हुन्,’ रजनीकान्तले भने।

ad
रजनीकान्त आफू पर्दामा राम्रो कमेडी गर्न सक्ने दाबी गर्छन्। यद्यपि, त्यो कमेडी गर्न उनले अमिताभबाट सिकेको बताउँछन्।

‘अमिताभसँग सिक्छु पनि। र जरुरत पर्दा उनी मलाई सल्लाह दिन्छन्। उनले मलाई हालै ३ वटा सल्लाह दिएका थिए,’ रजनीकान्तले भने, ‘अमिताभले मलाई मेरो उमेर ६० वर्षभन्दा माथि छ भन्दै एक्सरसाइज नछुटाउन सुझाव दिए। दोस्रो व्यस्त रहन सुझाए। आफ्नो काममा ध्यान दिन र व्यक्तिमा बढी फोकस नगर्न सुझाए। तेस्रो सुझावचाहिँ कहिल्यै पनि राजनीतिमा नलाग्नु भनेर दिए।’

रजनीकान्तले प्रसंग अगाडि बढाउँदै भने, ‘मैले मेरो साथी अमिताभको दुई सल्लाह मानेँ। तर तेस्रो सुझाव भने मान्न सक्दिनँ। किनकि माहोल यस्तो भइसक्यो कि परिस्थितिबस् मैले उनको राजनीतिमा नलाग्नु भन्ने सुझाव मान्न सकिनँ।’

रजनीकान्तको ‘दरबार’ आउँदो ९ जनवरीबाट प्रदर्शनमा आउँदैछ।

Leave a Reply

Your email address will not be published.