देउवासँगमात्रै वार्ता, पदाधिकारी बैठकमा सहभागी नहुने : पौडेल समूह

राजनीतिक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पौडेल समूहको बैठकले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानका लागि सभापति देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको हो ।

यसअघि सभापति देउवाले आइतबार आफूनिकट नेताहरुसँगको छलफलमा विभाग, नेविसंघ र तरुण दल गठन तथा विस्तारका लागि सहमति जुटाउने जिम्मा उपसभापति विमलेन्द्र निधिलाई सुम्पेका थिए ।

पौडेल समूहको बैठकले उपसभापति निधिसँग संवाद गरे पनि वार्ता भने सभापति देउवासँगमात्रै गर्ने निर्णय गरेको युवा नेता कल्याण गुरुङले बताए । “संवाद सबैसँग गर्छौं । वार्ता सभापतिसँगमात्रै हुन्छ । बैठकले गरेको निर्णय यही हो,” उनले भने ।

बैठकले पुस २१ गते जिल्ला सभापतिहरुको भेला बोलाउने पनि निर्णय गरेको छ । “२१ गते जिल्ला सभापतिहरुसँग परामर्श गर्ने निर्णय भएको छ,” नेता गुरुङले भने, “त्यसपछि नेविसंघ, नेपाल महिला संघलगायतका भ्रातृ संगठनहरुसँगको परामर्श प्रक्रियालाई अगाडि बढाउँछौं ।”

उनका अनुसार बैठकले जिल्ला स्तरीय नेता–कार्यकर्ता, सांसद, पूर्वसांसद, केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्यलगायतका पार्टीका सबै तह र तप्काका नेता–कार्यकर्ताहरुसँग परामर्श गर्ने निष्कर्ष निकालेको छ ।

बैठकले बुधबार सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा सहभातिा नजनाउने पनि निर्णय गरेको छ । सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारको टुंगो लगाउन आप्mनो निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन्

Leave a Reply

Your email address will not be published.