सावधान ! यसकारण हुन्छ युरिक एसिड

स्वास्थ्य

जब हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम)का कोषिकाले आफ्नै कोषिकालाई नष्ट गर्छ, त्यसपछि बाथरोग उत्पन हुन्छ । यसलाई हाडजोर्नीको रोग भनेर बुझिन्छ ।

बाथरोग दीर्घरोग हो । बालक, युवा, वृद्धवृद्धा सबै उमेरकालाई यो रोगले समात्न सक्छ । हर्मोनको गडबडीले विशेष गरी महिलामा बढी देखिन्छ । बाथरोग धेरै प्रकारका हुन्छन् । गठिया बाथरोग, मांसपेशी बाथरोग, युरिक एसिड, मेरुदण्डको बाथ, गाउट, लुपस आदि हुन् । धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो हुन्छ, तर औषधि खान छोडेपछि बल्झन्छ । बाथरोगको उपचार समयमा गरिएन भने शरीरको जोर्नीलगायत अन्य बाहिरी अंग (मस्तिष्क, छाला, आँखा, मुटु, फोक्सो, मिर्गौला०मा असर पुर्याउँछ । धेरैलाई बाथ भनेकै ‘युरिक एसिड’ भन्ने लाग्छ । तर, यो बाथरोगका एक सय प्रकारमध्ये एक हो ।

युरिक एसिड

ल रगतमा युरिक एसिडको मात्रा बढी भएर उत्पन्न हुने समस्या युरिक एसिड बाथ हो । यस समस्यापछि खुट्टाको बुढीऔँलावरपर र अन्य भागका जोर्नी दुख्छ । यसको सुरुवात विशेषगरी खुट्टाको बुढीऔँलाको जोर्नीबाट हुन्छ । तर, शरीरका अन्य जोर्नीमा हुने सामान्य दुखाइ भने युरिक एसिड होइन ।

लक्षण

ल जोर्नी एक्कासि दुख्ने, सुन्निने र रातो हुने गर्छ । युरिक एसिडले एक्कासि लक्षण देखाउने हुँदा दुखाइ धेरै हुन्छ । रोग बढ्दै जाँदा जोर्नी बिग्रिने, बांगिने, युरिक एसिडका डल्ला ठाउँ–ठाउँमा जम्ने, मिर्गौला बिग्रने र मिर्गौलामा पत्थरीसमेत हुन सक्छ ।

रोकथाम

ल युरिक एसिड दीर्घरोग भएकाले यसको नियन्त्रणमा ध्यान दिनुपर्छ । त्यसका लागि खानपान, शारीरिक अभ्यासमा ध्यान दिनुपर्छ । मोटोपना नियन्त्रण गर्ने, मद्यपान र धूम्रपानबाट टाढा रहनुपर्छ । ल माछा, मासु, अन्डा, गेडागुडी, गोलभेँडाको गुदी, च्याउ, पालुङको साग, रातो मासु, दूधजन्य पदार्थ खानुहुँदैन । आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपान तथा रोगको समयमै पहिचान गरी औषधिको प्रयोग गरे यो रोग ठीक हुन्छ । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published.