८ फिट अग्ला अफगानी नागरिकले होटलमा कोठा नपाएपछि

अन्तरास्ट्रिय

क्रिकेट खेलका प्रशंसक एक अफगानी नागरिक शेर खान भारतको लखनउमा क्रिकेट हेर्न पुगेका थिए ।

आठ फीट अग्ला खानलाई लम्बाइका कारण होटलमा कोठा पाउन मुश्किल पर्‍यो । सबै कागजात दुरुस्त भए पनि उनले कोठा पाएनन् । अन्तिममा उनी प्रहरीको शरण पर्नुपर्‍यो ।

शेर खान लखनउमा खेल हेर्न पुगेका थिए । आफ्नो हाइटका कारण कुनै पनि होटलवालाले कोठा नदिएको गुनासो उनले प्रहरीसमक्ष गरे ।

एसएसपी विकास चन्द्र त्रिपाठीले शेर खानको लम्बाइ ८ फीट ३ इन्च भएको बताए । उनको कद देखेर होटलवालाहरू डराएको त्रिपाठीले बताए ।

प्रहरीले चारबागस्थित एक होटलमा उनलाई कोठा दिलाएको छ ।खानलाई विशेष रोग लागेका कारण यति धेरै अग्ला भएका हुन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published.