प्रेमीसँग मिलेर आफ्नै आमाको ह’त्या गर्ने छोरीलाई सुनायो जन्मकैदको फैसला

ताजा समाचार

भक्तपुर, गत असार १५ गते दिउँसो प्रेमीसँग मि’लेर आमाको ह’त्या गर्ने छोरीसहित चारै जनालाई अदालतले ज’न्मकैदको फै’सला सु’नाएको छ ।भक्तपुर जिल्ला अदालतले बिहीबार ईश्वरी भट्टराई, मोहम्मद नौ’साद, मोहम्मद रहिश र भोला कुमारलाई स’र्वस्वसहित ज’न्मकैद स’जाय सु’नाएको हो ।

चाँगुनारायण नगरपालिका–७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मि’लेर आमा ६० वर्षीया सावित्रा भट्टराईको ह’त्या गरेकी थिइन्। बिहीबार न्यायाधीश श्रीप्रकाश उप्रेतीको इ’जलासले अ’भियोग मा’गदाबी ब’मोजिम छोरी ईश्वरी र ह’त्या सं’ग्लन अन्य तीन जनालाई ज’न्मकैदको फै’सला गरेको श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए।

चितवनमा पुगेका प्रचण्ड जब धुर्मुसलाई भेट्न रंगशाला गए, प्रचण्डको यस्तो आश्वासन सुनेर धुर्मुस दंग

काठमाडौं, ११ पुष । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।

आज बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताए । उनले भने, ‘रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ ।’ उनले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए ।

रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको उनले प्रतिक्रिया दिए । सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन अध्यक्ष प्रचण्डले आग्रह गरे । उनले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गरे ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराए । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत पनि उपस्थित थिए ।

धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा बनाउँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुर्याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ ।

रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिएका छन् । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ । अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु पनि बिक्री गरिने उनले जानकारी दिए ।

गत आइतबारबाट ठेला पसल सञ्चालनमा ल्याइएको हो । सोमबार रु तीन हजार ३०० बचत भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ भएकाले घुम्न आउने धेरथोर किनेर सहयोग गर्न शुरु गरेका छन् । रङ्गशालाभित्र भ्यू टावरबाट हेर्नका लागि रु २० को टिकट लाग्ने व्यवस्था गरिएको छ । एकै दिन दुई हजार २०० जनासम्मले टिकट खरीद गरी रङ्गशालाको अवलोकन गरेका छन् ।

पछिल्लो समय विद्यार्थी, सहकारी,आमा समूह, टोल विकास समितिलगायतका सङ्घ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्शाङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.