विशेष चश्मा लगाउँदा पनि मोदीले ग्रहण हेर्न नपाएपछि दिए यस्तो प्रतिक्रिया

समाचार

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बादलका कारण सूर्य ग्रहण हेर्न पाएनन् । विशेष चश्मासहित सूर्य ग्रहण हेर्न प्रयास गरेका उनले बादलका कारण हेर्न नपाएको भन्दै ट्वीट गरेका छन् ।

मोदीले ट्वीटमा लेखेका छन्– ‘कैयन भारतीयसरह म पनि सूर्य ग्रहणलाई लिएर उत्साहित थिएँ । दुर्भाग्यवश् बादलका कारण सूर्यलाई देख्न पाइनँ, तर कोझीकोड तथा अन्य भागबाट देखिएको ग्रहणको झलक लाइभ स्ट्रीममा हेरेँ । विशेषज्ञहरूसँग कुराकानी गरेर ग्रहणबारेको आफ्नो ज्ञानलाई अझै समृद्ध पारेँ।’ भारतीय आकाशबाट सूर्यलाई निकै ठूलो हिस्सा ग्रहणले छोपेको देखिएको थियो ।

अन्य समाचार

‘पुरस्कार भारी भइसक्यो, अब कसैले नदिनू’

म्यागसेसे पुरस्कारबाट सम्मानित समाजसेवी महावीर पुनले आफूलाई कुनै पनि पुरस्कार नदिन सार्वजनिक रुपमा आग्रह गरेका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान नगर्न आग्रह गरेका हुन् । हालै एक पुरस्कार ग्रहण गर्ने कार्यक्रममा उपस्थित भएका उनले मञ्चबाट यस्तो भनेका हुन्।

आईसिटी अवार्ड ग्रहण गर्ने क्रममा उनले सबैलाई विनम्रतापूर्वक यस्तो आग्रह गरेको भन्दै अब पुरस्कार नलिने बताएका हुन् । पुन पछिल्लो केही वर्षयता राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको महाअभियानमा सक्रिय छन् ।

आविष्कार केन्द्रका लागि उनले केही पुरस्कार लिलाममा समेत राखेको घोषणा गरेका थिए । म्याग्दीको दुर्गम गाउँमा इन्टरनेट सेवा विस्तार गरेकाले उनले म्यागासेसे पुरस्कार पाएका हुन् ।

Leave a Reply

Your email address will not be published.