कालापानी क्षेत्र जोड्ने बाटो सर्भे गरिँदै

ताजा समाचार

नेपाल सरकारले व्यास गाउँपालिका–१, छाङरुबाट वडा २ दुम्लिङ जोड्ने घोरेटो बाटो पुननिर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेपछि स्थानीय पूर्वाधार विभागको प्राविधिक टोलीले सर्भेको काम थालेको छ ।

बाटोको निर्माणका लागि स्थलगत अध्ययन तथा सर्भे गर्न स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इञ्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोली मंगलबार दार्चुला पुगेर कार्य क्षेत्रमा आइसकेको टोलीमा सहभागी इञ्जिनियर जनकराज पन्तले बताए ।

मङ्सिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले छाङरुबाट दुम्लिङसम्मको घोरेटो बाटो निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेर आवश्यक बजेकटको व्यवस्थापन गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

झन् चिसो भयो काठमाडौँ, तापक्रम १ डिग्री सेल्सियसमा झर्यो

काठमाडौँ । काठमाडौँमा बिहीबार यसवर्षकै सर्वाधिक चिसो भएको छ । बिहीबार काठमाडौँको तापक्रम १ डिग्रीमा झरेको छ । यसअघि बुधबारको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस रहेको थियो । मौसमबिद्का अनुसार तापक्रम अझै घट्न सक्छ ।

यसैगरी जुम्लाको न्यूनतम तापक्रम माइनस ६.४, डडेलधुराको २, दिपायलको ४.६, नेपालगन्जको ८.८, पोखराको ७.७, भैरहवाको ११.४, सिमराको १०, ताप्लेजुङको ४.४ डिग्री सेल्सियस रहेको छ ।
यस्तै तराईका जिल्लाहरुमा शीतलहरसँगै जनजीवन कष्टकर बनेको जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.