प्रधानमन्त्री ओलीले राजदूत पुरीको तारिफ गर्दै किन दिए स्नेहोपहार ?

ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लाग्नुभएका नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले बिदाइ भेट गर्नभयो । भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिकि साझेदारी र सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको थियो ।

कार्यकाल पूरा गरी भारत फर्किन लाग्नुभएका राजुदुत पुरीको नेपाल बसाइको समय ऐतिहासिक हिसाबले प्रभाव पार्ने काम अघि बढेको चर्चा गरिएको थियो । राजदुत पुरीको कार्यकालमा ढल्केवर प्रसारण लाइन,रक्सौल अमलेखगन्ज पाइपलाइन, हुलाकी राजमार्गले गतिलिएको थियो ।

उहाँकै अग्रसरतामा रक्सौल काठमाडौको सम्म्भावित अध्ययन सकेर काम अगाडि बढनुका साथै डुवान क्षेत्रको समस्या समाधानका लागि पनि काम अगाडि बढेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताउनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीले मञ्जिव सिंह पुरीको कार्यकालमा धेरै भन्दा धेरै क्षेत्रमा ऐतिहासिक हिसाबले प्रभाव पार्ने काम भएको भन्दै उहाँको प्रसंसा गर्नुभएको थियो । भेटमा सीमा समस्या समाधानको बिषयमा वार्ताद्धारा छलफल अघि बढिरहेको पनि डा. भटराईले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गर्नुभएको थियो । दुवै भेटमा राजदूत पुरीका साथ उहाँकी श्रीमती पनि हुनुहुन्थ्यो ।

सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा राजदूत पुरीले बिदाइ भेट गर्नुभएको थियो । सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतको रुपमा सेवा गर्नुभएका उहाँ १ जनवरी २०२० मा स्वदेश फर्कदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.