मेरो शब्दकोषमा ‘एक्सक्युज’ छैन, उजुरी आए कमाण्डरलाई नै का’रबाही गर्छु : डिआइजी पोखरेल

समाचार

काठमाडौं। आज (मंगलबार) काठमाडौं उपत्यकाभित्रका प्रहरी अधिकारीहरूलाई निर्देशन दिँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गैरव्यावसायिक कार्य भएमा कसैलाई पनि नछोड्ने बताएका छन्। पोखरेलले आफू लोभमा नपर्ने तर कोही परेको भेट्टाए ‘एक्सक्युज’ नदिने बताएका छन्।

उनले मातहत प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै भने, ‘जुन दिनदेखि म महानगरीय प्रहरीको प्रमुखको रूपमा हाजिर भएँ, त्यही दिनदेखि मैले एक्सक्युज भन्ने शब्द मेरो पर्सनल शब्दकोषबाट हटाएको छु। तसर्थ व्यवसायिक कार्यबाहेकका गलत कार्य कसैबाट भएमा एक्सक्युज हुने छैन।’

पोखरेलले कसैले भ्रष्टाचार गरेको, आर्थिक लाभमा परेको उजुरी आए सम्बन्धित व्यक्तिलाई मात्र नभएर कमाण्डरलाई नै कारबाही गर्ने चेतावनी दिएका छन्। उनी भर्खरै सरूवा भएर रानीपोखरी गएका थिए। कार्यालयमा हाजिर भएको भोलिपल्ट उपत्यकाका प्रहरी प्रमुखलाई बोलाएर उनले निर्देशन दिएका हुन्।

यो पनी पढनुहोस : बजारमा न’क्क’ली नोटको बिगविगी ! यसरी चिनौ न’क्क’ली र स’क्कली नाेट

१. स’क्कली नोटको कागज कटनबाट बनेको स्तरीय, खस्रो र क’डा हुन्छ भने जा’ली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।
२. नोटमा उज्यालो पर्नेगरी हेर्दा स’क्क’ली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने न’क्क’ली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायातर्प रहेको सेतो भागको बायातर्पको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्प फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने न’क्क’ली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।
३. स’क्क’ली र जा’ली नोटलाई कान नजीकै लगेर हल्लाएमा स’क्क’ली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जा’ली नोटको आवाज कम हुन्छ ।
४. जा’ली नोट स’क्क’ली नोटजस्तो खासै चहकिलो देखिँदैन । स’क्क’ली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने न’क्क’ली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ ।

५. नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ । तर, सर्वसाधारणले श’ङ्का लागेको खण्डमा न’क्क’ली नोट हो कि स’क्क’ली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ । यसो गरेमा स’क्क’ली नोट हो भने विस्तारै केही फुक्छ तर न’क्क’ली नोट छ भने कच्याक्कुचुक नै रहन्छ ।

६. नोटमा रहने सुरक्षण धागो (सेक्यु’रिटी थ्रेड)बारे जानकार हुन जरुरी छ । स’क्क’ली नोटमा कागजको नोट ब’न्दा’ नै सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ । तर, न’क्क’लीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन । नोटलाई उज्यालोतर्प फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जा’ली नोटमा अक्षर स्पष्ट देखिँदैन ।

७. स’क्क’ली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुट्टै चहक आउँछ भने जा’ली नोटमा यस्तो हुँदैन ।
८. बैङ्किङ च्यानलमा भने न’क्क’ली नोट पत्ता लगाउने प्रविधिको व्यवस्था छ । यसका लागि स’क्क’ली र जा’ली नोट सामान्य हिसाबले पत्ता नलागेमा न’क्क’ली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ । यसले न’क्क’ली नोट फालिदिन्छ । यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट स’क्क’ली वा न’क्क’ली पत्ता लाग्छ ।

Leave a Reply

Your email address will not be published.