एनआईसी एशिया बैंकमा खाता हुनेले एभरेष्ट अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट पाउने

ताजा समाचार

काठमाडौं । एनआई सी एशिया बैंक र एभरेष्ट अस्पताल प्रालिबीच बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचारमा छुट दिने समझदारी भएको छ ।

बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरे । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

यो पनि पढ्नुस्
सधैँ स्वस्थ रहन यस्तो जीवनशैली

सकारात्मक सोचको विकास गरौँ । बिहान उठ्नेबित्तिकै आजको दिन सकारात्मक तवरले बिताउनेछु भन्ने संकल्प गरौँ ।
आफ्नो करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षाजस्ता विषयले हुने तनाव भगाऔँ ।
नियमित दिनचर्याको ख्याल गरौँ । खाने–बस्ने, सुत्ने–उठ्नेजस्ता कुरामा सकभर एकरूपता दिऔँ । आफूले गर्ने कामको समय निश्चित गरौँ ।
शारीरिकसँगै मानसिक तवरले समेत स्वस्थ रहन नियमित व्यायाम गरौँ ।

हरेक दिन बिहान नास्ता खाने बानीको विकास गरौँ । यसले दिनभरि ऊर्जा दिन्छ ।
ध्यान गरौँ । ध्यान गर्दा दिमाग तेजिलो हुन्छ । ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो, जसले तपाईंको मस्तिष्कलाई शान्त र स्थिर राख्न मद्दत गर्छ ।
नियमित स्वास्थ्य परीक्षण गरौं । जसले कुनै पनि समस्याको लक्षण देखिनुअघि नै सचेत गराउँछ । यसरी सधैँ स्वस्थ रहन सकिन्छ ।

Leave a Reply

Your email address will not be published.