नेपाल भ्रमण बर्ष २०२०मा नयाँ पर्यटनमन्त्रीको आगमन पछि यसरी फेरियो अन्तरराष्ट्रिय विमानस्थलको मुहार (फोटो र भिडियोमा हेर्नुहोस)

ताजा समाचार

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो बुटिक एयरपोर्टको रुपमा बिस्तार गर्ने काम तीब्र गतिमा अगाडी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी यतिबेला नेपाली मौलिकता झल्कने गरी सजावट गर्न थालिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको निधन पछि केहि सुस्ताएको काम हालका पर्यटन मन्त्री योगेश भट्टराईले विमानस्थललाई नेपाल भ्रमण बर्ष २०२० अगाडी नै सकेर भ्रमण बर्षमा आउने पाहुनालाई बुटिक एयरपोर्टबाटै स्वागत गर्ने भन्दै काममा तिब्रता दिन निर्देशन दिए अनुरुप नेपाली मौलिकता झल्कने खालका गेट, झयालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत गर्ने लगायतका नेपाली मौलिकतासहितको व्यवस्थापन गरेर यो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

यतिबेला बिमानस्थलमा पर्यटकहरुलाई आकषिर्त हुने खालका झयालहरुमा आँखी झ्याल बनाउने र बुटिक विमानस्थलमा परिणत गर्न आवश्यक सर्भेका लागि ५ जना इन्जिनियरहरुले डिजाइन समेत गरीसकेका छन्।

अहिले विदेशबाट आउने यात्रुहरु जहाजबाट उत्रिएर अराइभलतर्फ आउँदै गर्दा ठूलो अक्षरले ‘वेलकम टु नेपाल’ लेखेको देखिन्छ। टाढाबाट हेर्दा शब्दमात्र देखिएपनि नजिक आएर ती अक्षरमा नियाल्दा नेपालका विभीन्न पर्यटकीय गन्तब्यहरुको चिनारी झल्काउने तस्बिर देख्न सकिने खालको बनाईसकिएको छ।

‘बुटिक विमानस्थल’ कसरी अगाडी बढ्दै छ बिमानस्थलाको सुधारको काम के कति आगाडी बढ्यो यसै बिषयमा गरेको कुराकानी हेर्नुहोस के भन्छन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसंग कुराकानी गरेका थियौ उहाँसंगको कुराकानी र यो रिपोर्ट

भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने

भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि बनेको प्रदेशस्तरीय समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले विशेष कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहको साझेदारी खोजिएको बताउनु भयो ।

होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले भन्नुभयो, “पर्यटकले चाहेमा जङ्गल सफारीसमेत गर्ने व्यवस्था मिलाइएको छ । ” प्रदेश नं ५ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा आयोजना हुनेछ ।

भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । उहाँले पर्यटकलाई निकुञ्ज अवलोकन गर्न आउन आग्रह गर्दै यहाँको प्राकृतिक मनोरम वातावारणको आनन्द लिन सबैलाई जङ्गल सफारी खुला गरिएको बताउनुभयो ।

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले ५ नं प्रदेशका सबै जिल्लामा विविध कार्यक्रमका साथ भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारीरूपमा अघि बढाइने निर्णय भएको जानकारी दिनुभयो । बाँकेका घरवासले पनि भ्रमण वर्ष लक्षित विशेष अभियान शुरु गरेको पर्यटन प्रवद्र्धन प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.