जब सलमानले धक्का दिदा भुइँमा पछारिइन् ऐश्वर्या, अभिषेक हेरिरहे…

अन्तरास्ट्रिय

एजेन्सी । हालसम्म बलिउड सुपरस्टार सलमान खानको नाम धेरै अभिनेत्रीसँग जोडियो । ५० बर्ष काट्दा पनि अझै विवाह नगरेका सलमानको अहिलेसम्म धेरै अभिनेत्रीसँग प्रेम सम्बन्धको चर्चा चल्यो । तर अभिनेत्री ऐश्वर्यासँगको प्रेमसम्बन्ध भने धेरैलाई याद भइरहने गर्छ । कुनै समय सलमान र ऐश्वर्याको प्रेम सम्बन्ध बारे धेरै चर्चा हुने गर्थ्यो।

प्रेमसम्बन्धमा रहेका उनीहरुको बिभिन्न कारणले सम्बन्ध बिग्रिन थाल्यो । त्यस समय सलमानले ऐश्वर्यासँग कुनै अभिनेता नजिक रहेको मनपराउदैनथे । ऐश्वर्या फिल्म ‘कुछ ना कहो’ को छायाँकनमा ब्यस्त रहेकी थिइन् । त्यसै समय सलमान छायांकन भएकै ठाउँमा पुगेर विवाद गर्दै ऐश्वर्यालार्ई धक्का दिए। ऐश्वर्या भुइँमा पछारिइन्।

त्यससमय अभिनेता अभिषेक बच्चन त्यहि थिए । उनी टुलुटुलु हेरिरहे । त्यसको केही महिनापछि शाहरूख खानको फिल्म ‘चलते चलते’ को छायाँकनस्थल पुगेर पनि सलमानले ऐश्वर्यालाई घिसारेर लगेका थिए । यसरी उनीहरुको प्रेमसम्बन्ध बिग्रियो । पछि ऐश्वर्याले अभिषेकसँग विवाह गरे।

Leave a Reply

Your email address will not be published.