इटहरी बजार जान्छु भनेर हिडेकि निसा हराइन (खोजिगर्न परिवारको हारगुहार) १ सेयर गरि सहयोग गरौ

समाचार

इटहरी / इटहरी शान्तिनगर निवासी गोविन्द र अम्विका पराजुलीको छोरी निसा पराजुली हराएको खबर प्राप्त भएको छ । बजार जान्छु भनी निस्केकि उनी निस्केको केही समय पछि सम्पर्क विहिनि भएकि हुन ।

घरबाट इटहरी जान्छु भनी हिडेको र १५ दिन सम्म पनि सम्पर्कमा नआएको स्थानीय निरज दुलालले जानकारी दिएका छन । दुलालका अनुसार अहिलेसम्म कहि कतैबाट पनि सम्पर्कमा नआएको बताएको छ ।

जो कोहीले देख्नु भएमा सम्पर्क न ९८५२०५५४८८ र ९८०२७५७७४५ मा सम्पर्क गरि दुखित परिवारको दुखमा मलम लगाउएर सहयोग गर्न समेत परिवारले आग्रह गरेका छन ।

अन्य समाचार

देशको सीमा रक्षाका लागि एकढिक्का बनौंः गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको सीमा विवाद विषय कूटनीतिक तवरले सुल्झाउन सरकारसँग आग्रह गरे । उनले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताए।

उनले जनताको हितमा नरहेका विधेयकहरु रोक्न जनताको साथ आवश्यक भएको उल्लेख गरे । नेता थापाले भन्नुभयो, “अधिकार खोस्नेगरी ल्याउन लागिएको विधेयक रोक्नका लागि जनताको साथ र सहयोग आवश्यक पर्छ ।”

Leave a Reply

Your email address will not be published.