बायु प्रदुषण बढ्दै गएपछी मन्दिरमा भगवानलाई पनि लगाइयो मास्क

रोचक

एजेन्सी । उत्तर भारतमा अहिले बायु प्रदुषणको प्रकोप निकै बढेको छ । बायु प्रदुषण बढ्दै गएपछी भारतको नयाँ दिल्लीमा सरकारी कार्यालय र शैक्षिक संस्था पनि बन्द गर्न थालिएको छ । त्यस्तै प्रदूषणकै कारण भारतको एक मन्दिरमा भगवानलाई पनि मास्क लगाइएको छ ।

भारतको वाराणसी मन्दिरमा त्यहाका पुजारीले प्रदुषण भएको भन्दै भगवानलाई समेत मास्क लगाईदिएका हुन् । अहिले भगवानलाई मास्क लगाइदिएको उक्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

त्यस क्षेत्रका शिव पार्वतीको मन्दिरमा पनि सेतो मास्क लगाईएको छ । प्रदूषण बढ्न थालेपछी त्यहाका पुजारीले यस्तो उपाय निकालेका हुन् । अहिले त्यहा धुम्न आउने भक्तजन पनि भगवानलाई माक्स लगाएको देखेर छक्क परेका छन् । त्यहाका पुजारीले युवावर्गलाई जागरूक गर्न यस्तो उपाय निकालेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.