बेलायत सरकारले विश्वभरबाट बेलायतका लागि भिसा आवेदन दिनेहरुको प्रोसेसलाई डबल छिटो गर्ने घोषणा

अन्तरास्ट्रिय

एजेन्सी– बेलायत सरकारले विश्वभरबाट बेलायतका लागि भिसा आवेदन दिनेहरुको प्रोसेसलाई डबल छिटो गर्ने घोषणा गरेको छ । यो घोषणा अहिलेका लागि वैज्ञानिकहरुका लागि मात्र लागु हुने जनाइएको छ ।

बेलायती गृहसचिप प्रिती पटेलले यो जानकारी दिएकी हुन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुने गरि विश्वभरबाट वैज्ञानिकहरुलाई बेलायतमा लैजान खोजेकाले यो नीति त्यहाँको गृहमन्त्रालयले लिएको हो ।

‘बेलायत विज्ञानको क्षेत्रमा विश्वको नेतृत्व गर्न चाहन्छ,’ पटेलले भनेकी छिन्, ‘त्यसैले बेलायत आउन चाहने वैज्ञानिकका लागि बेलायतले सहज बनाउन खोजेको हो ।’

Leave a Reply

Your email address will not be published.