घट्यो तेलको भाउ

अन्तरास्ट्रिय

पुस ८, लन्डन (बेलायत) । सोमवार तेलको भाउमा कमी आएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेकको नेतृत्वमा भइरहेको उत्पादन कटौती आगामी वर्ष खुकुलो बनाउने रुसले बताएपछि तेलको भाउ घटेको हो । तर अमेरिका र चीनबीच चाँडै व्यापार सम्झौतामा हस्ताक्षर हुने आशा बढेपछि भाउ हालै कायम भएको तीन महिनाकै उच्च बिन्दुबाट तल भने आएन ।

उक्त दिन लन्डनस्थित आईएसई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको तुलनामा १९ सेन्टले घटेर प्रतिब्यारेल ६५ डलर ९५ सेन्टमा आएको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ः०० बजे ब्रेन्टको भाउ सुध्रिएर प्रतिब्यारेल ६६ डलर ४८ सेन्टमा आएको थियो ।

3न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा उक्त दिन वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ २९ सेन्टको कमीसहित प्रतिब्यारेल ६० डलर १५ सेन्टमा आएको थियो ।

यो समाचार तयार पार्दाखेरि डब्ल्यूटीआई भाउ पनि बढेर प्रतिब्यारेल ६० डलर ४२ सेन्ट काय भयो । यसै महिनाको शुरुमा ओपेक र समूह बाहिर रुसलगायत प्रमुख तेल उत्पादकहरुले उत्पादन कटौती लम्ब्याउने र सन् २०२० को पहिलो त्रैमासमा कटौती बढाउने सहमति गरेका थिए ।

तर सोमवार रुसी ऊर्जा मन्त्री अलेजान्डेर नोभाकले भने मार्चमा हुने बैठकमा उत्पादन कटौती विस्तारै खुकुलो बनाउनेबारे सोच्ने बताएका थिए । पहिलो चरणको व्यापार सम्झौतामा अमेरिका र चीनले सहमति जनाएयता यो महिना तेलको भाउ बढेको छ । यो सम्झौतामा जनवरीमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published.