युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जित्यो

खेलकुद

७ पुस, काठमाडौं । इटालियन जायन्ट युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा लाजियोले दश खेलाडी रहेर खेल अन्त्य गरेको युभेन्टसलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा लाजियोलाई उपाधि दिलाउन लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्टसका पाउलो डिबालाले एक गोल गरे ।

खेलको १६औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

पहिललो हाफको इन्जुरी समयमा पाउलो डिबलले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । ७३औं मिनेटमा सेनादले गोल गर्दै लाजियोलाई २-१ को अग्रता दिलाए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा युभेन्ट्सका रोड्रिगो बेन्टानकर रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दश खेलाडीमा झर्‍यो ।

त्यसपछि डानिलो काटाल्डीले गोल गर्दै लाजियोलाई ३-१ को जित दिलाए ।

Leave a Reply

Your email address will not be published.