यी हुन २०२० मा प्रदर्शनमा आउने बहुप्रतिक्षित बलिउड चलचित्र [सूचीसहित]

मनोरंजन

सन् २०१९ को विदाइको तयारीमा रहेको बलिउड सन् २०२० को स्वागतमा जुटिसकेको छ ।यसै क्रममा सन् २०२० मा आउने बलिउडका स्टार कलाकारको सिन्ेमाको पूर्वसमीक्षा पनि सुरु हुन थालेको छ । सन् २०१९ मा बलिउडका स्टार कलाकारको फिल्म फितलो सावित भएको अवस्थामा सन्: २०२० मा उनीहरूको प्रभावशाली सिनेमा आउने विश्वास गरिएको छ । सन् : २०२० मा बलिउड स्टारको रिलिज हुने सिनेमा बारे यहाँ चर्चा गरिएको छ ।

सलमानको राधे

बलिउड अभिनेता सलामान खानको नयाँ फिल्म दवंग ३ शुक्रबारबाट भारतमा रिलिज भएको छ । यो फिल्मले राम्रो व्यापार गरे पनि फिल्मको समीक्षा नकरात्मक आइरहेको छ । सलमानको ध्यान अब रिलिज हुने अर्को फिल्म ‘राधे’मा केन्द्रित भएको छ । यो फिल्ममा पनि सलमान नै मुख्य भूमिकामा छ । यो फिल्म पनि एक्सन् प्रधान हुने बताइएको छ । फिल्मलाई प्रभु देवाले निर्देशन गर्दै छन् । फिल्म राधे आगामी ४ अप्रिलमा रिलिज हुँदै छ ।

आमिरको लाल सिंह चड्ढा

गत वर्ष ठग हिन्दुस्तान जस्तो व्यावसायिक असफल सिन्ेमा दिएको आमिर खानले एक वर्षको अन्तरपछि आगामी वर्ष डिसेम्बर २०२०मा क्रिसमसको छेका पारेर नयाँ फिल्म लाल सिंह चड्ढा रिलिज गर्दै छन् । अतुल कुलकर्णीले लेखेको यो फिल्मलाई अद्वेत चन्दनले निर्देशन गरेका छन् । फिल्ममा अमीरसँगै करिना कपुर मुख्य भूमिकामा छन् । यो आमिरको आशा गरिएको फिल्म हो ।

वर्षमा अक्षयको तीन फिल्म आउँदै
सन् २०२० मा बलिउड अभिनेता अक्षय कुमारको कम्तिमा तीन वटाफिल्म रिलिज हुने भएको छ । तीन ओटै फिल्मको काम आफूले सक्न लागेको अक्षय कुमारले बतएका छन् । लागतार ८ वटाहिट फिल्म दिएका अक्षयको अबको सन् २०२० मा आउने तीन वटाफिल्म पनि राम्रो बनेको उनको दाबी छ । अक्षयको आउँदो २० मेमा रिलिज हुने फिल्म लक्ष्मी बाम, एक्सन तथा हरर जनरामा आधारित छ । जसमा अक्षयसँगै अमिताभ बच्चन, तुसार कपुर, आर माधवन, कियारा आडवाणीसहितको मुख्य भूमिका छ । अक्षयकै अर्को फिल्म पृथ्वीराज आगामी २० अप्रिल २०२० मा रिलिज हुँदै छ । पृथ्वीराज चौहानको बायोविकमा आधारित यो फिल्ममा सञ्जय दत्तलगायतको अभिनय छ । फिल्ममा पृथ्वीराजको भूमिकामा अक्षय आफैं छन् । अक्षयको सन् २०२० डिसेम्बर २५ मा फिल्म बच्चन पाण्डेय रिलिज हुँदै छ । एक्सन प्रधान यो फिल्मलाई फरहाद सम्जीले निर्देशन गरेका हुन् ।

अजय देवगनको आरआरआर, तानाजी, सूर्यवंशी

अजय देवगानको सन् २०२० को प्रतिक्षारत सिनेमा आरआरआर हो । बाहुबली निर्देशक एसएस राजामौली निर्देशित यो फिल्ममा अजयसँगै दक्षिण भारतीय स्टार जुनिएर एनटीआर, रामचन्द्र तेजा र आलिया भट्ट पनि छन् । आगामी ३० जुलाइमा रिलिज हुने यो एक्सन कमेडी फिल्म हो । अजय देवगनके अर्को महत्वकांक्षी सिनेमा तानाजी पनि आगामी ४ फ्रेबअरीमा रिलिज हुँदै छ । ऐतिहासिक कथामा आधारित यो फिल्ममा अक्षयसँगै सैफअली खानलगायत मुख्य भूमिका छ । अक्षय देवगन र अक्षय कुमारको मुख्य भूमिका हरेको रोहिट सेट्ठी निर्देशित एक्सन प्रधान फिल्म सूर्यवंशी पनि सन् २०२० मार्च २७ मा रिलिज हुँदै छ । यो पनि अक्षय र अजयको प्रतीक्षारत फिल्म हो ।

रणवीर कपुरको समशेरा र ब्रह्मास्त्र

सन् २०२० मा रणवीर कपुरको दुई वटा बलिउड फिल्म रिलिज हुने भएको छ । उनको फिल्म र समशेरा र ब्रह्मास्त्र रिलिज हुन लागेको हो । । रणवीरको फिल्म समशेरा आगामी २१ जुलाइमा रिलिज हुने भएको छ । करण मल्होत्राले निर्देशन गर्ने यो फिल्ममा रोमान्समा आधारित हुनेछ । जसमा सञ्जय दत्त पनि छन् । रणवीर कपुरकै सन् २०२० डिसेम्बर १५ मा एक्सन् प्रधान नयाँ फिल्म ब्रह्मास्त्र रिलिज हुनेछ । यो फिल्ममा रणवीर र आलियाको जोडी प्रस्तुत हुँदै छन् । अमिताभ बच्चन, मौनी राय पनि यसमा मुख्य भूमिकामा छन् । यसलाई अयान मुखजीले निर्देशन गरेका हुन् । यो उनको सर्वाधिक प्रतिक्षारत सिनेमा हो ।

रणवीर सिंहको तख्ख र ८३

अभिनेता रणवीर कपुरको सन् २०२० मा दुई वटाबलिउड फिल्म रिलिज हुने भएको छ । उनको फिल्म तख्त र ८३ रिलिज हुन लागेको हो । आगामी १४ मार्चमा रिलज हुने तख्त कमेडी फिल्म हो । जसमा रणवीरसँगै करिना कपुर, आलिया भट्ट, विक्की कौशल, जान्ह्वी कपुर हुनेछन् । आगामी १० अप्रिलमा रिलिज हुने रणवीर सिंहको फिल्म ८३ भारतीय क्रिकेटर कपिल देवको जीवनीमा आधारित बायोपिक जनरामा बनेको छ। फिल्ममा दीपिका पादुकोनलगायतको अभिनय रहनेछ ।

टाइगर श्राफको बागी ३

बलिउड अभिनेता टाइगर श्राफको सफल फिल्म बागीको तेस्रो सिक्वेल ‘बागी ३’ सन् २०२०को उनको प्रतीक्षारत फिल्म हो । एक्सनप्रधान यो फिल्म आगामी ६ मार्चमा रिलिज हुँदै छ । यो फिल्ममा टाइगरसँगै श्रद्धा कपुर, रितेश देशमुखलगायतको मुख्य भूमिका छ ।

वरुण धवनको कुली न. १

गोविन्दा र करिस्मा कपुरको एक समयको बलिउड हिट फिल्म कुली नम्बर १ को रिमेक अहिले निर्माण भइरहेको छ । अभिनेता बरुण धवनको यो सन् २०२० को प्रतीक्षारत फिल्म हो । आगामी १ मेमा रिलिज हुने यो फिल्मलाई डेविड धवनले निर्देशन गरेका छन् । जसमा बरुणसँगै सारा अली खानको मुख्य भूमिका छ ।

शाहिद कपुरको जर्सी

बलिउड अभिनेता शाहिद कपुरको सन् २०२० मा नयाँ फिल्म जर्सी रिलिज हुँदै छ । यो सुपरहिट तेलुगु फिल्म जर्सीको रिमेक हो । फिल्मलाई आगामी ३ नोभेम्बर २०२० मा रिलिज गरिने भएको छ । यो एउटा क्रिकेटरको संघर्षको कथामा आधारित छ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published.