बिहेलगत्तै आफ्नो पार्टनरलाई भन्नुस् यी ३ कुरा, केही समयमै ह्वात्तै बढ्छ प्रेम

रोचक

मंसिर महिना भर्खरै सकिएको छ । यस महिनामा धेरै युवायुवती विवाह बन्धनमा बाँधिएका छन् । विवाह बन्धनमा बाँधिएका जो कोही जोडीले सम्बन्धलाई बलियो बनाउनका निम्ति केही विषेश कुरामा ध्यान दिन जरूरी हुन्छ । अधिकांश व्यक्तिहरू विहेपछि आफ्नो काम तथा पारिवारिक काममा व्यस्ता हुन्छन् ।

यसले वैवाहिक जीवनमा आफ्नो पार्टनरलाई समय दिन नपाइरहेको हुन्छ । आफ्नो पार्टनरलाई समय दिन नसक्दा आपसमा मनमुटावको स्थिती आउन सक्ने हुनसक्छ ।

विवाहपश्चात आफ्नो जीवनसाथीलाई यी तीन कुराहरू भन्नु जरूरी हुन्छ । जसले वैवाहिक जीवनलाई सफल एवम् सार्थक बनाउन मद्दत गर्छ । यस्तै सम्बन्धमा थप निकटताको आभास दिलाउछ ।

समयसमयमा जीवनसाथीको प्रशंसा गर्नुस्

अफिस वा घरमा सन्तुलन बनाउनका लागि तपाईंलाई गाह्रो हुन सक्छ । आफ्नो पार्टनरलाई समय दिन नभ्याउने अवस्था आउन सक्छ । तपाईंले आफ्नो व्यस्तताको बावजुद पनि थोरै समय निकालेर आफ्नो पार्टनरको तारिफ गर्नमा ध्यान दिनुपर्छ । यस्तो कार्य गर्नाले सम्बन्धमा मिठास आउँछ भने माया पनि बढ्छ ।

आई लव यू

अंग्रेजी भाषाको यी तीन शब्द आई लव यूले सम्बन्धमा धेरै नै महत्वपूर्ण भूमिका खेल्दछ । विवाहपछि आफ्नो पार्टनरलाई समय समयमा आई लव यू भन्ने बानी बसाल्नुहोस् । यसले सम्बन्धलाई सुमधुर बन्न सहयोग गर्छ ।

सर्प्राइज दिने गर्नुहोस्

सम्बन्धलाई जीवन्त राख्नका लागि एक आपसमा विभिन्न प्रकारका कार्यहरू गरिरहनुपर्छ । कहिलेकाहीं पार्टनरले नसोचेको कुराहरू गरेर पार्टनरलाई खुशी राख्ने। नयाँ सामानहरू सर्प्राइज गिफ्ट दिनेजस्ता कार्यहरू गरिरहेमा सम्बन्ध सधैं स्वस्थ हुन मद्दत मिल्छ ।

Leave a Reply

Your email address will not be published.