अमेरिकी शहर लास भेगसमा एक अपार्टमेन्टमा आगलागी हुँदा ६ जनाको मृ*त्यु,१३ जना घा*इते

अन्तरास्ट्रिय

अमेरिकी शहर लास भेगसमा शनिबार विहान एक अपार्टमेन्टमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ।

घटनामा अन्य १३ जना घाइते भएका छन्। सीएनएनका अनुसार अल्पाइन मोटेल अपार्टमेन्टमा बिहान ४ बजे आगलागी भएको थियो।

प्रहरीका अनुसार जाडोमा हिटर नभएको अवस्थामा त्यहाँका मानिसले स्टोभ लामो समयसम्म चलाएपछि आगलागी सुरु भएको थियो।

उक्त अपार्टमेन्टमा ७० जना मानिसहरु बस्ने जनाइएको छ। आगलागका कारण ४ लाख ७५ हजार अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।

क्राइस्टचर्च नरसंहारपछि न्युजिल्यान्डमा ५६ हजार स्वचालित बन्दुक सरकारलाई बुझाइयो

९ महिनाअघि न्युजिल्यान्डको क्राइस्टचर्चमा एक बन्दुकधारीले मस्जिदमा गोली चलाउँदा ५१ जनाको ज्यान गएको थियो। सरकारले तत्कालै थुप्रैखाले स्वचालित बन्दुकमा प्रतिबन्ध लगायो।

त्यसयता ५६ हजार स्वचालित बन्दुक संकलन गरिसकेको सरकारले जनाएको छ।

सो आक्रमणको एक महिना नबित्दै प्रधानमन्त्री जासिन्दा आर्डेनले बन्दुक प्रतिबन्ध लगाएकी थिइन्, जसको प्रशंसा भएको थियो।

त्यसपछि प्रहरीले ६ महिनाभित्र स्वचालित बन्दुक बुझाउनेलाई बन्दुकको पैसा तिर्ने कार्यक्रम लागू गरेको थियो।

शुक्रबार सो मिति सकिएको छ।

शनिबार प्रहरीले यो अवधिमा ३३ हजार व्यक्तिले ५६ हजार बन्दुक बुझाएको जानकारी दिएको छ। एजेन्सी

 

Leave a Reply

Your email address will not be published.