मासुको भाउ बढाउन जिउँदै गा*डियो तीस लाख चल्ला

ताजा समाचार

काठमाडौं, ६ पुष । नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य बढाउन झण्डै ३० लाख चल्ला जिउँदै गाडेको छ । केही दिन अघि चितवनको सडकमा ब्यवसायीले अण्डा फालेर विरोध गरेका थिए । मुल्य समायोजन गर्ने नाममा झन्डै ३० लाख चल्ला जिउँदै गाडे पछि अहिले बजारमा मासुको मुल्य बढेको छ। संघले यही साता चितवनलगायत ठाउँमा चल्ला जिउँदै गाडेको हो । केही दिन अघि अण्डा पनि नष्ट गरिएको थियो । ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताएका छन् । पछिल्लो समय मासुको मूल्य घटेकाले आफुहरुलाई आर्थिक भार परेको भन्दै मासुको मुल्य बढाएर समायोजन गर्न जिउँदै चल्ला गाडिएको ब्यवसायीको दावी छ ।

संघका उपाध्यक्ष लक्ष्मीभक्त मानन्धरले अहिले डेढ सय रुपैयाँ प्रतिकिलो कुखुराको मासु बेच्दा किसानलाई मर्का परेको दावी गरेका छन् । लगानी नै नउठ्ने अवस्था आएपछि ब्यवसायीको हितलाई ध्यानमा राखेर यो कदम चालिएको दाबी गरेका छन् । उपाभोक्ता हितविपरीत चल्ला मार्न लगाइएको भन्दै पोल्ट्री किसानले भने बिरोध गरेका छन्। उनीहरुले मुल्य बढाउने यस्तो तरिका ठिक नभएको बताएका छन् । अहिले सातामा ३० लाख चल्लाको माग भएकोमा ४५ लाख उत्पादन हुने गरेको छ ।

यसहिसाबले एक साताको चल्ला नष्ट गर्दा मासु उत्पादनको सन्तुलन मिलेर मूल्य पाइने ब्यवसायीको दावी छ , पुस २ गतेसम्म संघले १५ करोड रूपैयाँ बराबरका ३० लाख चल्ला र ४५ करोड मूल्य बराबरका अण्डा नष्ट गरेका छ। काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको थियो । तर यसरी जिउँदै चल्ला गाड्नु र ब्यवसायीक हितका नाममा माग, आपूर्ति र मूल्यमा असर पार्ने काम गैरकानुनी मानिन्छ । यस्तो गर्नेलार्य तीन वर्षसम्म कैद हुने व्यवस्था संहितामा गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चल्ला मारिएको कुरा नै साँचो नभएको बताका छन् ।

स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् । कर्णाली प्रतिष्ठानमा रगत अभाव भएका बेलामा कर्मचारीसमेत काम लाग्ने गरेका छन् । “प्रतिष्ठानमा निकै सिकिस्त बिरामी आउँछन् । रगत नपुग्दा मान्छेको ज्यान जोगाउनुपर्छ, रगत नपाइएको समयमा त्यसै टिक्न नसकिने भएकाले पटक–पटक रगत दिने गरेका छौँ”, प्रतिष्ठानको शल्यक्रिया थिएटरमा कार्यरत स्वास्थ्यकर्मी राजबहादुर खत्रीले भने । उनले अहिलेसम्म छ वर्षमा २५ पटक रक्तदान गरिसकेको बताए ।

पातारासी गाउँपालिकाका–२ का रिउली बुढाको पाठेघर बाहिर बच्चा भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भयो । शल्यक्रियापछि रगत अभाव भएकाले रगत नभेटिएपछि आफूले रगत दिएको खत्रीले बताए । खत्रीजस्तै अस्पतालका धेरै स्वास्थ्यकर्मी र कर्मचारी रगत अभावको पीडामा छटपटाइरहेका बिरामीका लागि रक्तदाता भएका छन् । त्यहाँका चिकित्सकदेखि कार्यालय सहयोगीसम्मले मिल्ने रक्त समूह भएमा बिरामीको पीडालाई मध्यनजर गर्दै पटक–पटक रगत दिइरहेका देखिन्छन् । प्रतिष्ठानले ब्लड बैंकसमेत सञ्चालन गरेको छ ।

आफ्नै ब्लड बैंक सञ्चालन गरेकाले केही सजिलो भएको प्रमुख विवेक पुन मगरले बताए । आजभोलि रगत खासै अभाव नभएको तर रगत दिएपछि राम्रो हँुदैन भन्ने मानसिकताले अस्पतालका कर्मचारीले बढी नै रगत दिने गरेको प्रयोगशाला इन्चार्ज पुनले जानकारी दिए । आफूले समेत १६ पटक रगत दिइसकेको पुनले बताए । यसैगरी अस्पतालका प्राविधिक, प्रशासनिकदेखि सबै कर्मचारीले पटक–पटक रगत दिएर बिरामीको ज्यान जोगाउने काम भएको छ ।

यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत प्रतिष्ठानका बिरामीका लागि ब्लड बंैक भएका छन् । कतिपय बिरामीलाई त स्थानीय प्रशासनका कर्मचारीले समेत रगत अभाव भएको समयमा रगत दिएको उदाहरण छन् । केही महिनाअघि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि रक्तदान गर्नुभएको थियो । एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले पनि समस्या हुने गरेको प्रयोगशाला प्रमुख पुनले बताए । सामाजिक अभियान तथा जनचेतना अभिवृद्धि गरेमा ब्लड बैंकमा रगत मौज्दात हुनसक्ने उनको भनाइ छ । कतिपय समयमा भने विभिन्न अभियानमा रगत दिने समाजसेवी व्यक्तिसमेत भेटिन्छन् । पटक–पटक प्राज्ञिक विद्यार्थी परिषद्ले समेत रक्तदान गर्दै आएको छ । पछिल्लो समयमा परिषद्का नौ विद्यार्थीले अस्पताललाई रक्तदान गरिएको अगुवा शारदा पछाईँले बताउनुभयो । “प्रतिष्ठानमा ब्लड बैंक छ तर रगत दिनेहरुको सङ्ख्या बढाउन जनचेतना गर्न आवश्यक छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published.