आज २२ डिसम्बर : यसकारण वर्षकै छोटो दिन

रोचक

आज २२ डिसेम्बर । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । उत्तरी गोलार्ध अर्थात् नर्दन हेमिस्फियरमा आज वर्षकै सबभन्दा छोटो दिन हो । आजको रात सबभन्दा लामो हुन्छ ।

भोलिदेखि दिन लामो हुन थाल्छ र चिसो पनि झनै बढ्छ । अंग्रेजीमा यसलाई विन्टर सोल्सटाइस भनिन्छ । सूर्य सीधै मकर रेखामाथि हुँदा विन्टर सोल्सटाइस हुन्छ । पृथ्वीमा ऋतु परिवर्तन हुनुका एक मात्र कारण भनेको पृथ्वी झुकेको अक्षमा घुमेकाले गर्दा हो ।

त्यसकारण वर्षको आधा समय सूर्य उत्तरी ध्रुवतर्फ झुक्छ भने बाँकी आधा समय दक्षिणी ध्रुवतर्फ । आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो । डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।

यो पनि पढ्नुहोस : विहीवार सूर्य ग्रहण लाग्ने, सूतककालमा भुलेर पनि नगर्नुस् यी काम यी काम

यही वि.सं. २०७६ पौष १० गते बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनट सूर्य ग्रहरणको प्रभाव रहने ज्योतिषी दीपक सुवेदीले बताए । यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने उनले बताए ।

यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।

साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाइ छ

सूतककालको समयमा खानपिन, सुत्ने र पूजा गर्ने लगायतका कामहरू गर्न नहुने बताइएको छ । गर्भवती महिलाहरूले पनि आफ्नो विशेष ख्याल गर्नुपर्छ । वरिपरी कुनै धारिलो वस्तु राख्न हुँदैन । मन्दिर पनि सूतककाल सकिएपछि मात्र खोलिन्छ ।

Leave a Reply

Your email address will not be published.