रन्जनाको भेटियो नसोचेको प्रमाण, परिवारलाई थाहा नदिई कहाँ बसेकी थिइन् ? (भिडियो)

ताजा समाचार

काठमाडौं । आफ्नै श्रीमानलाई आ त्म ह त्या दुरु त्साहनको मु द्दा खेपिरहेकी चितवनकी रञ्जना मैनाली पहिलो पटक मिडियामा आएकी छन् । अहिले सम्म रविका परिवारका तर्फवाट मात्र मिडियामा कुराहरु वाहिरिएका छन् । रवि रुवालीले देह त्याग गरेपछि अनुसन्धानका लागि हिरासतमा रहेकी रञ्जनालाई विहिवार अदालतले एक लाख रुपैया धरौटीमा रिहा गरेको छ । अदालतवाट रिहा भएपछि उनी पनि मिडियामा आएकी छन् ।

रविका बुवाले रञ्जनाले अष्ट्रेलिया स्थित आफ्नो नन्दको घर छोडेपछि कहाँ बस्थिन आफुहरुलाई थाहा नभएको बताएका छन् । रञ्जनाले नन्दको घरमा बस्दा समस्या भएपछि आफुले त्यो घर छोडेको बताएकी छन् । तर सबै कुरा रविको परिवारलाई थाहा भएको उनको भनाई छ । तर रविका बुवाले भने बुहारी कहाँ बस्थिन् भन्ने आफुहरुलाई जानकारी नभएको बताएका छन् । अष्ट्रेलियामा आफ्ना आफन्तलाई खोज्न पठाउँदा पनि बुहारी बस्ने ठाउँ पत्ता नलागेको उनको भनाई छ । यता रञ्जनाको फेसवुकमा केही सार्वजनिक समारोहमा सहभागी भएका भिडियो फेला परेका छन् । जसमा उनले निकै रमाइलो गरेको देख्न सकिन्छ ।

अष्ट्रेलियामा रविको परिवारको आर्थिक सहयोगमा पढ्दै गरेकी रञ्जना आफ्नो दिदीको विवाहका लागि तीन वर्ष पछि नेपाल आएपछि उनका श्रीमान रविले देह त्याग गरेका थिए । रविका परिवारका सदस्यले रञ्जनाले तिरस्कार गरेका कारण रविले देह त्याग गरेको आरोप लगाएका छन्। अहिले रञ्जना र रविका परिवार एक अर्कालाई दोषारोपण गर्दै मिडियामा आफ्ना भनाई सार्वजनिक गरेका छन् । अदालतवाट एक लाख रुपैया धरौटीमा रिहा भएपछि रञ्जनाले पहिलो पटक मिडियामा आफ्ना कुरा राखेकी थिइन् । उनले रवि नै आफुवाट टाढा हुन खोजेको बताएकी थिइन्।

यता रविका परिवारले भने रञ्जना र रविको भविष्यका लागि रञ्जनालाई ५० लाख रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न पठाएको र विवाह गरेको ६ महिना पछि नै रञ्जनाले रविलाई वास्ता गर्न छोडेको आरोप लगाउँदै आएका छन् । देवरको विवाहमा समेत नआएकी रञ्जना आफ्नो दिदीको विवाहमा नेपाल आउँदा रविलाई तिरस्कार गरेको आ’रोप रविका परिवारको छ ।

यता रञ्जनाले भने रविले धेरै पटक अष्ट्रेलिया जान भिषा लगाएको भए पनि अष्ट्रेलियाले रविलाई भिषा नदिएका कारण रवि आफुसंग टाढा हुदै गएको बताएकी छन् । रविले अष्ट्रेलिया जानकै लागि आफुसंग विवाह गरेको र भिषा नलागेपछि तिमीसंग विवाह गर्नुको कुनै मतलब भएन भन्दै टाढीन खोजेको रञ्जनाको आरोप छ । तर रविको भिषा नलाग्दा रजना निकै खुसी भएको रविको बुवाले बताएका छन् । उनले रविलाई रञ्जनाले पठाएको म्यासेज देखाउँदै त्यसको पुष्टि भएको तर्क राखेका छन् ।

भिडियो हेर्नुहोस:

 

Leave a Reply

Your email address will not be published.