वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा महानगरले लगायो डोजर (भिडिओ सहित)

ताजा समाचार समाचार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वीर अस्प ताल अगाडि डोजर चलाएको छ । अस्प ताल अगाडि अनधिकृत रुपमा निर्माण गरिएका टहरामा बिहीबार महानगरले डोजर चलाएको हो ।

नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र कर्मचारी सहितको टोलीले अस्पताल अगाडि बनाइएका संरचना हटाइरहे को छ । महानगरपालिकाले अवैधानिक रुपमा ती संर चना निर्माण गरिएको भन्दै हटाएको हो ।

अनधिकृत संरचना भत्काउनुअघि महानगरले एकपटक सूचना दिने गरेको छ । माइकिङ गरेको भोलिपल्टदेखि जुनसुकै समयमा ती संरचना महानगरले भत्काउँदै आए को छ ।

यो पनि,,खसीको मूल्यमा बाख्राको मासु बेचेपछि…

विराटनगर । विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेको भेटिएको छ । विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु

पसलमा बाख्राको मासु भेटेपछि महानगरले जफत गरे को हो ।महानगरले पुरानो गुद्रीमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख्राको मासु फेला पारेको थियो ।

अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महा शाखाका प्रमुख दीपक पौडेलले जानकारी दिएका छन् ।

बाख्राको मासु जफत गरिएको छ । त्यस्तै कम तौलको ढक तराजु समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । कतिपय पसलले नविकरण समेत नगरेको पाइए काले तत्कालै दर्ता गर्न निर्देशन दिइएको छ ।

अनुगमनमा महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभ नारायण यादव, बजार निरीक्षक हरिप्रसाद गुरागाईं, नग र प्रहरीका निरीक्षक राजन पौडेल,

उपभोक्तावादी संस्थाका प्रतिनिधिलगायतको सह भागिता रहेको थियो । केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा,

फलफूललगायतका पसलमा अनुगमन गरेको महानगर ले आज माछा–मासु पसलको अनुगमन गरेको छ ।

Leave a Reply

Your email address will not be published.