हैट’ ! ४० वर्ष नपुग्दै लगनगाँठो कस्दै बुद्धि तामाङ

ताजा समाचार समाचार

काठमाडौं । ‘हैट’ थेगोले लोकप्रिय नेपाली चलचित्र जगतका लोकप्रिय कलाकार बुद्धि तामाङ ४० वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिने भएका छन् ।

उज्यालो नेटवर्कलाई प्राप्त भएको सुचनाअनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसंग भोली असोज ७ गते लगठगाँठो कस्न लागेका हुन् ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुड वालमा जन्मिएका बुद्धिले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसके का छन् । सार्वजनिक समारोह, अन्तरवार्ताहरुमा उन लाई पटकपटक विवाह कहिले गर्ने भन्ने प्रश्नले हैरान बनाउथे ।

विवाहको कुरा निकाल्ने बित्तिकै पन्छिने गरेका तामाङ ले अनुसँग तामाङ संस्कारमा विवाह गर्ने भएको छ ।केही दिनअगाडि अनुको घरमा बुद्धिले तामाङ परम्परा अनुसार सगुन पोङ राखेका थिए ।

तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनुपर्दछ । पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्दछ ।

पोङमा रहेको सगुन केटा केटीले ग्रहण गरेपछि विवाह को साइत हेरेर अनुकुलतामा केटाको घरमा लाने प्रच लन छ । सोही विधि अनुसारनै तामाङको विवाह असो ज ७ गते पक्का भएको थियो ।

विशेषगरी हास्य कलाकारको भूमिकामा देखिने तामाङ ले सांघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर -६, घामपानी,छक्का पञ्जा, नाइ नभन्नु ल, वीर बिक्र म, जय भोले लगायत चलचित्रमा अभिनाय गरिसकेका छन् ।

उनले रंगमञ्चको दुनियाँमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन्

Leave a Reply

Your email address will not be published.