बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ – सत्य साईबाबा

बिचार

काठमाडौैं – चर्चित आध्यात्मिक गुरू हुन् सत्य साई बाबा । उनको बास्तबिक नाम सत्यनारायण राजु हो । सन् १९२६ नोभेम्बर २३ मा जन्मेका उनी धेरै अनुयायीहरका धर्म गुरु हुन् । उनी पुट्टपर्तिको मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारका सन्तान थिए ।

उनका जीवनउपयोगी केहि उपदेश छन् जसको अहिले धरैले पालना गरिरहेका छन् । उनका केहि उपदेशले अहिले संसारभरका मानिसहरुलाई सही बाटोमा ल्याएको छ । हेर्नुहोस् सत्य साईबाबाका केहि उपदेशहरु जसले तपाइलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ।

ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर। भगवान आफैभित्र हुन्छ ।मानव सेवा नै कुनै भगवानको सेवा हो ।

कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ।प्रेमको अर्को रूप भनेको सेवा हो ।

Leave a Reply

Your email address will not be published.