ट्रेलरमा यस्तो देखियो निर्मला पन्त कथामा आधारित फिल्म ‘कोपिला’ (भिडियो सहित)

मनोरंजन

कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको ब ला त्का र पछि ह त्या भएको विषयलाई लिएर बनाइएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाइएको छ। ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनीतिलाई देखाइएको छ।

चलचित्रको लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन्। चलचित्रमा सरिता गिरी, गणेश गिरी र रिद्धि चरण श्रेष्ठको मुख्य भूमिका रहेको छ। चलचित्र मणिराज गौतमले निर्माण गरेका हुन्।

चलचित्रले रिलिज मिति भने तोकेको छैन।

 

Leave a Reply

Your email address will not be published.