अनुहारमा दाग, धब्बा छ त्यसो यसो गर्नुहोस ! सुन्तलाको बोक्राले चट पार्छ

स्वास्थ्य

सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ ।सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।

अनुहारमा दाग, धब्बा छ रु यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन्। सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ ।

यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनु होस् । त्यसो गर्दा सरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढि चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ ।

सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.