स्वदेशमै बनाएको विद्युतीय मोटरसाइकल

ताजा समाचार

नेपाली इन्जिनीयरहरूको टीमले स्वदेशमै पहिलोपटक बनाएको विद्युतीय मोटरसाइकल बिहीवार काठमाडौंमा सार्वजनिक गरिएको छ । नेपाली स्टार्टअप कम्पनी यात्री मोटरसाइकलको पहिलो परियोजना ‘प्रोजेक्ट जिरो’अन्तर्गत निर्माण गरिएको यो मोटरसाइकलले एकपटक पूर्णरूपमा चार्ज गरेपछि २३० किलोमीटर यात्रा गर्नसक्छ । ३० किलोवाट क्षमताको ब्याट्री जडान गरिएको यस मोटरसाइकलको चेसिस डिजाइन, इन्जिनीयरिङ, सफ्टवेयर सबै काम नेपालमै गरिएको थियो ।

शहरी प्र दू षण ले दमका रोगी बढ्दै गएका छन्

पछिल्लो समय नेपालमा दमका रो गी बढ्दै गएका छन् । धूमपान र बढ्दो शहरी प्र दू ष ण का कारण दमका रो गी बढेको डा. सुवास पन्त बताउँछन् । उनका अनुसार शहरी प्र दू ष ण चुरोटको सेवनभन्दा ख तर ना क बन्दै गएको छ । प्रस्तुत छ, दमरो ग, यो रो ग लाग्नुका कारण, बच्ने उपाय आदि विषयमा आर्थिक अभियानका काशीराम बजगाईले डा. पन्तसँग गरेको कुराकानीको सार :

दम के हो ?

दम श्वासप्रश्वास सम्बन्धी रोग हो । मुटुको दम र फोक्सोको दम गरी मुख्यतः यो रो ग दुई प्रकारको हुन्छ । सामान्यतया दमलाई फोक्सोको रोगको रूपमा लिइन्छ । यद्यपि मानिसमा मानसिक तनाव वा कडा शारीरिक परिश्रमका कारण मुटुको दम समेत हुन सक्छ । फोक्सोको दम पनि विभिन्न किसिमका हुन्छन् । नेपालमा प्रायः धूलो, धूँवा, चु रोट सेवन र एलर्जीको कारण हुने दम धेरैजनामा देखिएको छ ।

दम किन हुन्छ ?

दम विभिन्न कारणले हुन्छ । सामान्यतया धूलो, धूँवा, धूमपान आदि कारणले हुने गरेको छ । यसबाहेक वंशाणु, क्षयरोग लगायत छातीसम्बन्धी रोग, प्रदूषण लगायत कारणले पनि दम हुन्छ । त्यस्तै कसैकसैमा खास किसिमको एलर्जीले पनि दम भएको पाइन्छ ।

दमका लक्षण के के हुन् ?

खोकी लाग्ने, श्वास फेर्न असजिलो हुने, निरन्तर खोकी लागिरहने (प्रायः राति लाग्ने), श्वास घ्यारघ्यार हुने, छातीमा पीडा अनुभव हुने, छाती अ ठ्या उ ने लगायत लक्षण दमरो ग मा देखिन्छन् ।

दमबाट कसरी बच्न सकिन्छ ?

हाम्रोमा आउने धेरैजसो बिरामीमा चुरोट से व न का का ण दम देखिएको पाइन्छ । त्यसैले धू म पा नबाट टाढै बस्नुपर्छ । यस्तै धूलो–धूँवाबाट बच्ने, प्रदूषण हुने उद्योगमा काम गर्दा सतर्कता अपनाउने, न्यानो लुगा लगाउने, आइसक्रिम लगायत चिसो खानेकुरा नखाने, एलर्जीबाट बच्ने, कुहिरोमा नहिँड्ने, भीडभाडमा सकभर नजाने, दमको लक्षण देखिनेबित्तिकै जँचाउने र डाक्टरको सल्लाहअनुसार अघि बढेमा दमबाट बच्न सकिन्छ ।

फोक्सोको दम भनेको के हो ?

फोक्सोमा हावा जान कठिन वा संक्रमण भएपछि फोक्सोको दम देखिन्छ । सीओपीडी र एलर्जिक गरी यो दुई प्रकारको हुन्छ । छातीसम्बन्धी रोग आदिका कारण केही समयका लागि हुने दम एलर्जिक दम हो, जुन विभिन्न किसिमका एलर्जी, रुघा, निमोनिया, धूलो र शारीरिक कठिनाइ तथा मानसिक तनाव आदि कारण हुन सक्छ । यसले छोटो समय असर गर्छ । यस्तै दीर्घकालसम्म असर गरिरहने दम सीओपीडी दम हो । सीओपीडी दम दाउराको धूँवा, चुरोट से व न तथा वंशाणुगत कारणले हुन्छ । एलर्जिक दम एकदमै ठीक भएर पछि पुनः देखिन पनि सक्छ भने सीओपीडी दम लामो समयसम्म निरन्तर रहिरहन्छ । यो पूर्णरूपमा निको नहुन पनि सक्छ ।

रसायनको कारणले पनि दम हुन्छ ?

विभिन्न प्रकारको रसायनको कारण पनि दम हुन सक्छ । हाल नेपालमा यस्तो दमका रोगी अन्यभन्दा कम भए पनि अन्य केही देशमा धेरै देखिएका छन् । यसबाहेक धान, गहुँ लगायत खेतबाट उत्पन्न धूलो तथा ढुसी र चिसो, घाम नलाग्ने कोठा आदि कारण पनि दम हुन सक्छ ।

कुन उमेर समूहका मानिसमा दम बढी देखिन्छ ?

दमको समस्या वृ द्ध वृ द्धा मा बढी हुने गरेको छ । यद्यपि सानो उमेरका मानिसलाई पनि दम हुन्छ, जसको सहज उपचार हुन्छ । एलर्जिक दम कम उमेरका मानिसलाई हुन्छ । चुरोट सेवन गर्ने, धूलो–धूँवाको असर आदि कारण उमेर ढल्किँदै जाँदा दम देखिने गर्छ ।

दमको उपचार पद्धति के हुन्छ ?

सर्वप्रथम त दम हुने कारण पत्ता लगाएर त्यसलाई हटाउने काम गरिन्छ । जस्तै– कसैलाई चुरोटको कारण दम भएको हो भने त्यस्ता व्यक्तिलाई चुरोट छोड्न लगाइन्छ, धूलोको कारण दम भएका व्यक्तिलाई धूलोबाट टाढा बस्न लगाइन्छ, एलर्जीको कारण दम भएको हो भने एलर्जीको उपचार गरिन्छ । त्यसपछि विभिन्न औषधिउपचार गरेर दमको उपचार हुन्छ । दम भइसकेपछि जटिल नबनोस् भनेर औषधि शुरू गरिन्छ ।

दम र खोकीमा के फरक छ ?

खोकी दमको लक्षण मात्र हो । सबै खोकी दम होइन । धूलो, कसिंगर, कीटाणु, विशाक्त खाना आदिको कारण खोकी लाग्दछ । लामो समयसम्म निरन्तर खोकी लागिरह्यो र औषधि से व न गर्दा पनि निको भएन भने दम हुन सक्ने भएकाले नजीकको अस्पतालमा गएर जँचाउनुपर्छ।

बढ्दो शहरी प्रदूषणले कसरी दम निम्त्याउँछ ?

काठमाडौं जस्तो शहरमा बढ्दो प्रदूषणका कारण दमका रोगी बढ्ने सम्भावना हुन्छ । ‘मर्निङ वाक’ गर्नु राम्रो भए पनि प्रदूषण भएको वातावरणमा गर्नु राम्रो मानिँदैन । प्रदूषणयुक्त वातावरणमा सकभर बिहान हिँड्नुहुँदैन । काठमाडौंमा धूलो यति धेरै छ कि यो चुरोटको धूँवाभन्दा पनि बढी खतरनाक छ । यसलाई नियन्त्रण नगर्ने हो भने भावी दिनमा दमका रोगी अझै बढ्छन् ।

नेपालमा दमको उपचार अवस्था कस्तो छ ?

कतिपय अवस्थामा दमकै कारण फोक्सो फेर्नुपर्ने अवस्था पनि आउन सक्छ । फो क्सो प्र त्या रोप ण बाहेक दमका सबै प्रकारको सुलभ उपचार नेपालमा हुन्छ ।

Leave a Reply

Your email address will not be published.