मिथिला शर्मा र सुरक्षा पन्त अभिनित फिल्म ‘आमा’को मार्मिक ट्रेलर सार्वजनिक, ट्रेलरले रुवायो दर्शकलाई (ट्रेलरसहित)

मनोरंजन

काठमाडौं, ३ पुस । मिथिला शर्मा र सुरक्षा पन्तद्वारा अभिनित नेपाली कथानक चलचित्र ‘आमा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको सदस्य विरामी भएपछिको अवस्था देखाईएको छ ।

निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्मको ट्रेलर अत्यन्तै कारुणि बनेको छ । ट्रेलरका दृश्यले दर्शकको मन छुन्छ । ट्रेलर हेर्दा दर्शक चलचित्र हेर्नका लागि हलसम्म सजिलै आउने अनुमान लगाइएको छ ।

मिथिलाको अभिनय मार्मीक लाग्छ । अभिनेत्री सुरक्षाले कपाल मुन्डन गराएको दृश्यले दर्शकको मन छुन्छ।कोठा भाडामा लिएर बस्ने मध्यम वर्गीय परिवारको कथामा चलचित्र निर्माण गरिएको हो ।

डि।एस।डिजिटलको प्रस्तुतीमा शर्मिला पाण्डेको लगानी रहेको चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

ट्रेलर हेरौं –

 

Leave a Reply

Your email address will not be published.