पूर्व अर्थमन्त्री डा. महतको किताब ‘ट्रेल्स, ट्रेमोर्स एण्ड होप’ सार्वजनिक

ताजा समाचार

समसामयिक राजनीति र अर्थतन्त्रको विश्लेषण गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले लेखेको पुस्तक सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक समारोहबिच पूर्व राष्ट्रपति डा. रामवरण यादवले पूर्व अर्थमन्त्री डा. महतद्धारा लिखित ‘ट्रेल्स, ट्रेमोर्स एण्ड होप’ नामक पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमा नेपालको अर्थतन्त्र, व्यापार घाटा लगायत अर्थराजनीतिलाई समेटिएको छ ।

बिमोचन कार्यक्रममा पूर्व राष्ट्रपति यादवले पुस्तकमा समावेस गरिएका विषयले देशको आर्थिक विकासमा योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कृषि तथा पूर्वाधार विकासको कुरा गर्ने तर जलवायु परिवर्तनको कुरा छुटाउने प्रवृति गलत भएको भन्दै जलवायु परिवर्तनले अर्थतन्त्रमा पारेको प्रभावलाई समेत समेट्न सुझाव दिए ।

पछिल्लो समय राजनीतिमा सक्रिय अर्थविदहरुको पुस्तकमा देशको आर्थिक विश्लेषण सँगसँगै आफ्नो राजनीतिक धार पनि प्रस्तुत हुने हुँदा पाठकहरुमा भ्रम सिर्जना हुने गरेको विश्लेषकहरुले टिप्पणी गरेका छन्

Leave a Reply

Your email address will not be published.