मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितिन्,जितसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा

ताजा समाचार

काठमाण्डाै – बेलायतको लण्डनमा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेकी छिन् ।

यो जितसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् । पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

अनुष्काले ‘हेड टु हेड’ च्यालेन्ज जिते पनि मल्टी मिडिया अवार्ड जित्नको लागि अझै धेरैभन्दा धेरै भोटको आवश्यकता पर्ने भएकाले सहयोगका लागि आग्रह गरेकी छिन् ।

‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेपछि सामाजिक सञ्जालमा अनुष्काले लेखेकी छिन् :

Hello Nepal 😍I have Guaranteed a place in Top 40 of Miss World 2019 after winning second round of Head-to-Head…

Gepostet von Anushka Shrestha am Dienstag, 10. Dezember 2019

 

 

Leave a Reply

Your email address will not be published.