ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने भारतको तयारी, यी नेताले खोले रहस्य

ताजा समाचार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा जुटेको समेत उनले दाबी गरे। यसको लागि प्रचण्डले पनि लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न हुन्न भनेर ‘प्रभु भक्ति’ गरिसकेको अध्यक्ष बिजुक्छेको तके छ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इञ्जिनियरिङको ११ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले उक्त तर्क गरेका हुन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न सक्नु भएन भने प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ’, अध्यक्ष बिजुक्छेले भने।

उता प्रदेश ४ को राजधानी पोखरमा सातै प्रदेशका सभामुख र उपसभामुख भेला भएका छन् । अन्तरप्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रमका लागि शुक्रबार पोखरामा सातै प्रदेशका सभामुख र उपसभामुख भेला भएका हुन् ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताएका छन् । अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संघीयता नेपालका लागि नयाँ भएकाले अभ्यासमा केही चुनौती भएपनि तीन तहको अन्तरसमन्वयबाट अगाडि बढे देशको समृद्धिको लक्ष्य हासिल हुने धारणा उनको थियो । उनले तीन तहको अधिकार सूची संविधानले तोकिदिएको बताउँदै अहिले देखिएका समस्या जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत स्वभाव र मानसिकताका कारण सिर्जना भएको बताए ।

आफ्नो तहलाई सबल बनाउन र अधिकार बढी प्राप्त गर्न खोज्नु स्वाभाविक भए पनि जनप्रतिनिधिले देशको हित र विधि स्थापनाका लागि काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको सरोकार राख्ने सभा भएकाले कानुन बनाउँदा आपासी समन्वय र छलफलमा जोड दिने प्रतिबद्धता अध्यक्ष तिमिल्सिनाले व्यक्त गरे ।

उनले संघीय संसदले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित विधेयक आगामी अधिवेशनबाट पारित गर्ने जानकारी दिए । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तीन तहलाई सक्रिय बनाउन नसकेसम्म संघीयताको कार्यन्यन जटिल हुने बताए । उनले देश नयाँ संरचनाको अभ्यासमा भएकाले कानुन निर्माणदेखि सरकार सञ्चालनमा तीन तहबीच आपासी छलफल र समझदारी आवश्यक पर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published.