पराजयपछि खेमराजले भने : नानीलाई हृदयले बधाई, राम्रो गर्नु !

ताजा समाचार

काठमाडौं : कास्की-२मा भएको उपनिर्वाचन हारेका नेपाली कांग्रेस उम्मेदवार खेमराज पौडेलले नेकपाकी विजयी उम्मेदवारलाई बधाई दिएका छन्। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि पौडेलले ट्विटबाटै विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई तथा शुभकामना दिएका हुन्।

‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति’, पौडेलले लेखेका छन्,’राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।’

पौडेललाई आठ हजार बढी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो। विद्या रवीन्द्रकी श्रीमती हुन्। निर्वाचन आयोगले मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन।

सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियोे मेरो जीवन।म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ।

विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु। — Khemraj Paudel (@nckhemrajpaudel) December 1, 2019

यो पनि पढ्नुहोस्: विद्या भट्टराईलाई दिए कांग्रेस उम्मेदवारले बधाइ 

१५ मंसिर, काठमाडौैं । कास्‍की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएपछि नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले बधाई दिएका छन् ।उनले मतगणनास्थलमा विद्यालाई खादा ओ‌ढाएर जितको शुभकामना दिएका हुन् ।

कास्की २ मा नेकपाकी उम्मेदवार भट्टराई साढे ८ हजार मतान्तरले विजयी भइन् ।भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।

 

कास्की–२ मा विद्याको जित पक्काउपुचनाव भएको मुलुकको एकमात्र प्रतिनिधिसभा सिट कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ ।दुई वडाकाे मत मात्रै गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ८३० भन्दा बढी मतले पछि पारिसकेकी छन् ।

निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार विद्याले २२ हजार १८२ मत प्राप्त गर्दा खेमराजको १३ हजार ३५२ मत छ । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ ।

रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए । विद्या र खेमराजको मतान्तर अहिलेनै करिर ९ हजार पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published.