सुनसरीमा भयानक दुर्घ*टना, ट्रक र एम्बुलेन्स ठो*क्किँदा ७ जनाको नि*धन (नामावली सहित)

ताजा समाचार

इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको निधन भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको निधन भएको हो।

घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ। उनले दुबै साचारीसाधन ७०-८० किमीप्रतिघण्टाको गतिमा हुनुपर्ने बताए।
उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो।

उनले मृ तकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए। एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो।

निधनहुनेमा उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन्। प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए

Leave a Reply

Your email address will not be published.