नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निमार्णका क्रममा ९०० टन विस्पोटक पदार्थ चाहिने,बिष्फोटक पदार्थ भारतबाट ल्याउने तयारी

ताजा समाचार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निमार्णका क्रममा ९०० टन विस्पोटक पदार्थ चाहिने भएको छ । २.६७ किलोमिटर लामो सुरुङमार्ग निमार्णको लागि निर्माता कम्पनी हाजमा अन्डो कर्पोरेसनले उक्त परिमाणाममा बिष्फोटक पदार्थ आवस्यक पर्ने जनाएको आयोजना प्रमुख श्याम खरेलले बताए ।

उनकाअनुसार विष्फोटक पदार्थ ल्याउन प्रकृया अघि बढीसकेको छ ।

सुरक्षासँग जोडिने हुनाले आयातको प्रकृया केही लामो हुने उनले बताए ।

यसका लागि पहिले सुरक्षा परिषद्को सिफारिस चाहिन्छ । त्यसपछि गृह , रक्षा र परराष्ट्र मन्त्रालय हुँदै ल्याउने देशको दुतावाससम्मको अनुमति चाहिन्छ।

‘आयोजनाले विस्फोटक पदार्थ ल्याउनको लागि गृह मन्त्रालयमा सिफारिस मागेको छ। ४ महिनामा नेपाल आइपुग्छ,’ उनले भने ।

सुरुङमार्ग निमार्णको लागि आयोजनाले निमार्ण कम्पनीलाई निमार्ण कार्यादेश दिइसकेको छ । सुरुङमार्गको गोलाई ७६ वर्ग मिटरको हुने आयोजनाले जनाएको छ ।
आगामी ४२ महिनाभित्र निमार्ण काम सकिने निमार्ण सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.