जब बेहुलाले दाइजोमा आएको पौने १८ लाख रुपैया लिन्न भन्दै ससुराको अगाडी हात जोडे…

समाचार

एजेन्सी । हाम्रो समाजमा दाइजोकै कारण कति चेलीले ज्या न गु मा उनु परेको छ । कतिपयलाई जिउँदै जलाइएका छन् । बाहिर नआएका थुप्रे यस्ता घटनामा महिला पिल्सिएर बसको छन् । कतिपय स्थानमा दाइजोको रकम लेनदेन गरेर मात्र विवाह गरिन्छ । तराईका केही जिल्लामा दाइजोको डरलाग्दो रुप छ । तर एक बेहुलाले भने बेहुली पक्षवाट दिएको दाइजो अस्विकार गरेका छन् । जसका अहिले सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । बेहुली पक्षवाट दिइएको ११ लाख भारतिय रुपैया अस्विकार गरेका बेहुलाको चर्चा भएको हो ।

भारतको जयपुरस्थित राजस्थानमा एक बेहुलाले दाइजोमा दिइएको पौने १८ लाख रुपैयाँ (भारु ११ लाख) अस्विकार गरेका हुन् । विवाहमा ससुराले सगुनभन्दै ११ लाख भारुले भरिएको सुट्केश बेहुला तर्फ बढाए तर बेहुलाले त्यो पैसा अस्विकार गरिदिए । भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल, छत्तीसगढमा सिपाही पदमा कार्यरत कर्मचारी जितेन्द्र सिंह जन्ती लिएर जयपुरको अम्बावाडी पुगेका थिए । त्यहाँ जितेन्द्रको विवाह गोविन्द सिंह शेखावतकी छोरी चञ्चलसँग हुँदै थियो ।

विवाहमा सबै रीति र विवाह प्रक्रिया सामान्य स्थितीमा चल्यो । तर जब बेहुली पक्षबाट बेहुलालाई दाइजो रकम भन्दै ११ लाखले भरिएको सुट्केश दिइयो । तब बेहलाले उक्त रकम लिन अस्विकार गर्दै ससुराका अगाडि हात जोडेर उभिए । बेहुलाले रकम लिन अस्विकार गरेपछि बेहुली पक्षका धेरै मानिसले सरकारी जागिरे भएकाले बेहुलाले दाइजो थोरै भएको होला भनेर शंका गरे ।

तर, हात जोडेर उभिएका जितेन्द्रले आफू दाइजो प्रथाको विरोधी रहेकाले उक्त रकम नलिने बताएपछि सबै अचम्म भए । जितेन्द्रले आफ्नी हुनेवाला पत्नीले एलएलबी गरेको र पीएचडी अध्ययन गर्दै गरेकाले आफूलाई श्रीमतीको सोही शिक्षा दाइजो भएको भन्दै रकम लिन अस्विकार गरेका थिए । यस कुराबाट विवाहस्थलका धेरै मानिस भावुक बने । र अन्ततः सगुन स्वरुप ११ रुपैयाँ भारु लिएर बेहुलाले विवाह गरे । बेहली चञ्चलले न्यायाधीश पदका लागि आवेदनसमेत दिएकी छन् ।

Leave a Reply

Your email address will not be published.