बिहे अघि नै ५ महिनाको गर्भ, बच्चा पाएपछि प्लाष्टिकमा पोको रंगेहात समातिईन आमा (स्थलगत रिपोर्ट)

ताजा समाचार

अन्जु नेपाली पोखरा आएको करिब दुई महिना भयो । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्यारेजमा रहेको क्यान्टिनमा काम गरिन् । करिब २ महिनापछि क्यान्टिन बन्द भयो उनलाई क्यान्टिन संचालक मन्जुले स–सम्मान बिदा  गरिन् । कार्तिक २३ गते राती उनी अन्जु नेपालीले ६ महिनाको बच्चालाई प्लाष्टिकमा पोको पारेर फाल्न लादै थिईन् स्थानीयले समाएर प्रहरीलाई बुझाए ।

प्रत्यक्षदर्शी सरिता आधिकारीका अनुसार उनले अरुकै बच्चा बोकेको र अबैध गर्भ रहेकाले फालेको बताईन् । श्रीमान् नेपालमै छन्, उनीसंग सम्पर्क नभएको दश महिना भन्दा बढी भएको र महिनै पिच्छे महिनावारी भएको भन्दै आफूसंग औषधी समेत माग्न आएको खुलासा गरिन् । अन्जुकी आमा अम्बिका नेपालीका अनुसार छोरीको बिहे अगाडी देखी नै अरु केटाहरुसग लाग्ने बानि परेको र पाँच महिनाको बच्चा सहित आफैले बिहे गरिदिएको खुलासा गरिन् । हेर्नुहोस् यो स्थलगत भिडियो ।

https://www.youtube.com/watch?v=dYyOgR2i2TA&feature=emb_title
डाउन सिन्ड्रोम ३५ बालबालिका चन्द्रागिरी भ्रमणमा (भिडियोसहित

काठमाडौँ, कार्तिक २४ । पर्यटन वर्ष २०२० को पूर्वसध्यामा धार्मिक तथा पर्यटकीय क्षेत्र चन्द्रागिरीको अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त ३५ जना बालबालिकाहरु भ्रमण गरेका छन् ।
नेपाल डाउन सिन्ड्रोम संघको आयोजना तथा चिन्द्रागिरी हिल्स प्रा।लि।को सहकार्यमा ती बालबालिकालाई चन्द्रागिरी केवलकारमार्फत् भालेश्वर मन्दिरको दर्शन तथा दृश्यावलोकन गरेका हुन् ।

सो अवसरमा बालबालिकासहित उनीहरुका अभिभावकहरु, डाउन सिण्ड्रोम संघका अध्यक्ष डा. ललिता जोशी, महासचिव रोशन प्रधानाङ्ग लगायतको सहभागिता रहेको थियो ।
अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई चन्द्रागिरी हिल्सको दृश्यावलोकन गराई मनोरञ्जन प्रदान गर्दै उनीहरुलाई थप हौसला र आत्मबल प्रदान गर्ने उद्देश्यका साथ भ्रमण कार्यक्रम आयोजना गरिएको डाउन सिण्ड्रोम संघका अध्यक्ष डा. ललिता जोशीले बताइन् ।

के हो डाउन सिन्ड्रोम ः
डाउन सिन्ड्रोम रोग नभई अवस्था हो । डाउन सिन्ड्रोम भएका बालबालिकामा क्रोमोजोम बढी हुन्छ । चिकित्सकका अनुसार मानव शरीरमा ४६ वटा क्रोमोजोम हुन्छन् । डाउन सिन्ड्रोम भएका बच्चामा ४७ वटा क्रोमोजोम हुन्छन् । नेपालमा वार्षिक १ हजार ३३ डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको जन्म हुने गरेको छ ।
डाउन सिन्ड्रोमको अवस्था अनुहारको विशेष लक्षण र शारीरिक एवं बौद्धिक कमजोरीबाट पहिचान हुन्छ भने रगतको जाँचबाट यसलाई पुष्टि गर्न सकिने डाउन सिन्ड्रोम संघकी अध्यक्ष डा. ललिता जोशीले बताइन् ।

Leave a Reply

Your email address will not be published.