चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने

ताजा समाचार

आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ । दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ ।

सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने कार्यक्रम छ । यो समयमा करिव ३ घण्टा सवारी आवागमन ठप्प हुने स्रोतले जनाएको छ । दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमण तय भएपछि पराष्ट्रमन्त्रालय तीव्र तयारीमा जुटेको छ ।

बुधबारमात्रै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको थियो । बुधबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीको भ्रमण तालिकाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गरेका थिए । दुई दिने नेपाल भ्रमणका क्रममा सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

यो पनि हेर्नुहोस -चिनियाँ राष्ट्रपति सीको स्वागतमा राखिएको ब्यानर च्यात्ने २ जना समातिए

चिनियाँ राष्ट्रपति सी चिन फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आ*रोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नि*यन्त्रणमा लिएको छ। बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातेको आ*रोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई प*क्राउ गरेको हो ।

उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । प*क्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। शनिबार नेपाल आउन लागेका राष्ट्रपति सिको स्वागतका लागि केही दिनअघिबाट सरकारले भब्य तयारी थालेको छ भने सु*रक्षा व्यवस्था कडा पारेको छ।

Leave a Reply

Your email address will not be published.