अर्काकी श्रीमतीसंग अनैतिक सम्बन्ध राख्दा नेपाली सेनाका हवल्दार परे फन्दामा, ब्यारेकभित्रै गएर प्रहरीले गर्यो पक्राउ

ताजा समाचार

परासी नेपाली सेनाको कालीध्वज गण परासीमा हवल्दार पदमा कार्यरत बम बहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको छ । प्युठान घर भएका घर्तीलाई रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ४१ वर्षिय ‘तारा’ भनिने रविन्द्र पाण्डेको ह त्या आरोपमा नियन्त्रणमा लिइएको हो ।

मृ तक पाण्डेलाई निजकै श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल पाण्डे र घर्ती मिलेर ह त्या गरेको आरोप छ । प्रहरीले मृ तक पाण्डेकी श्रीमती सरस्वतीलाई तीन दिन अघि पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बयानका क्रममा घर्तीको पनि संलग्नता रहेको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

ह त्यापछि घर्ती ब्यारेकभित्रै थिए । उनलाई अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले नियन्त्रणमा लिइएको हो । घर्ती र सरस्वतीबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको बयानका क्रममा खुलेको छ । मृ तक पाण्डेका परिवारले हराएको भन्दै खोजतलासका लागि प्रहरी कार्यालयमा निवदेन दिएका थिए ।

ह त्या भएको १५ दिनपछि उनको श व घर नजिकै रहेको हरि शुसिल प्राविको सेफ्टी ट्यांकीबाट शनिबार प्रहरीले बरामद गरेको थियो । मृ तक पाण्डेले घर्ती र श्रीमतीलाई रातको समयमा आफ्नै घरभित्रै बसेको देखेका थिए । घटना बाहिर आउन नदिन दुवै जनाले उनीमाथि कुटपिट गरी ह त्या गरेको बयानमा खुलेको प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका दुवै जनामाथि थप अनुसन्धानपछि कारबाही प्रकृया अघि बढाइने प्रहरी उपरीक्षक आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published.