राष्ट्रपति र प्रधानमन्‍त्रीलगायतका लागि ल्याइयाे डेढ अर्बकाे हेलिकप्टर

ताजा समाचार

३ असाेज, काठमाडौं । राष्ट्रपति, प्रधानमन्‍त्रीलगायतका भीभीआईपी व्यक्तित्वका लागि भनेर खरिद गरिएको करिब डेढ अर्ब मूल्यकाे महंगो र अत्याधुनिक नयाँ  हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर इटालीबाट १८ दिनपछि ग्रीस, इजिप्ट, दुबई, बहराइन, ओमान, पाकिस्तान, भारत हुँदै पहिलोपटक नेपाल (काठमाडौं) आइपुगेको हो ।

सांकेतिक फाेटाे

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, दिउँसो १२ बजेर ५३  मिनेटमा त्रिभुवन विमानस्थलमा ओर्लिएको उक्त हेलिकोप्टर ४६‍ घन्टा उडेर काठमाडौं आइपुगेको छ । हेलिकप्टर त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको छ।

इटालीमा बनेको अत्याधुनिक सुविधासम्पन्‍न सिट, भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको याे हेलिकोप्टर सेनामार्फत संचालन हुने छ । उक्त हेलिकप्टर राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि मात्र प्रयोग हुनेछ ।

यो पनि हेर्नुहोस -शारीरिक असक्त खोलाको डिलमा यी युवा यस्तो अवस्थामा देखेपछि सबै चकित (भिडियो सहित)

मोरङ । शारीरिक रुपमा असक्त कृष्णको कथा तलको भिडियोमा प्रस्तुतु गरिएको छ । कृष्ण सानै उमेर बाट शारीरिक असक्त भएपछि आमा बाबा बाट पनि अलगिए त्यस पछि उनि फुपुको घरमा बस्दै आएका छन् । उनि अपांग भएपनि आफ्नै मेहेनतले पैसा कमाएर घर खर्च गर्छन । आफु जस्ता अपांग मानिस देख्दा मलाई धेरै माया लाग्छ भन्दै आँखा बाट आँशु झारे ।

उनि भन्छन हात खुटा सग्ला भएका मानिसले मागेर खाको देख्दा मलाई त्यो पटकै मन पर्दैन । उनका परिवारमा उनि मात्र असक्त छन् आफ्ना २ जना भाइहरु आफ्नो आफ्नो काममा व्यस्त हुन्छन । मेरो सरिरले राम्रो संग काम नगरेपनि म हातले गर्ने काम गर्छु तर मागेर खादिन । उनको खुटाले काम गर्दैनन् भने एउटा हात पनि राम्रो संग चल्दैन ।

Leave a Reply

Your email address will not be published.