पुण्य गौतमको ज्ञानेन्द्र शाहीलाइ चेतावनी कालोमोसो लगाई घुमाउने (हेर्नुहोस भिडियो सहित)

ताजा समाचार

काठमाडौं । आफुलाई भ्रष्टाचार अभियन्ता दावी गर्दै राजनीतिक दलका नेताहरु माथि अभद्र शब्द प्रयोग गर्दै वेरोजगार समुहलाई उत्तेजित बनाउने ज्ञानेन्द्र शाहीको आयको श्रोत खोज्न थालिएको छ । आफुलाई भ्रष्टाचार अभियन्ता भन्दै परिचय समेत लुकाएर उनले देश विदेशमा महँगो होटलमा बस्ने र जहाजमा घुम्ने पैसा कहाँवाट आउँछ भन्दै उनको आम्दानीको श्रोत खोज्न थालिएको हो ।

नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईलाई विमान कुराएको अभद्र ब्यवहार गरेपछि उनका पक्ष र विपक्षमा अहिले सामाजिक सञ्जाल बाँडिएको छ । भिआइपीहरुको सवारीका कारण सर्वसाधारणले दुख पाएको प्रशंग उठाउनु राम्रो विषय भए पनि उनको तरिका ठिक नभएको भन्दै धेरैले उनको आलोचना गरेका छन् । विमानस्थल जस्तो सम्बेदनशिल क्षेत्रमा हुलहुज्जत गर्दै मन्त्रीको नाकमै पुग्नेगरी आँैला ठड्याएर उनले अपशब्द प्रयोग गर्दै दुब्र्यवहार गरेका थिए ।

उनीसंगै रहेका समर्थकहरुले समेत मन्त्रीलाई तँ शम्बोधन गरेर नारावाजी समेत गरेका थियो । सम्बेदनशिल क्षेत्रमा सुरक्षा खतरा बढाएको र मन्त्रीलाई अपमान गरेपछि त्यसैका विषयमा मन्त्री भट्टराईले दिएको अभिब्यक्ति विरुद्ध पत्रकार सम्मेलन गरेका शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।अरुलाई संस्कार र नैतिकता सिकाउने शाहीले गरेका कृयाकलाप नै अपारदर्शि भएको भन्दै उनको आयश्रोत खोजिनुपर्ने केही सामाजिक अभियन्ताहरुले माग गरेका छन् ।

नेकपाका कार्यकर्ता समेत रहेका आफुलाई राजनीतिक विष्लेषक भन्ने पुण्य गौतमले शाहीको आम्दानीको श्रोत खोज्नुपर्ने माग राखेका छन् । उनले भने भ्रष्टाचार विरुद्धको नाममा पाँच तारे होटलमा बसेको छ, जहाजमा उडेको छ देश विदेश घुमेको छ त्यसको खर्च कसले दिन्छ ? उनी नेपालवाट कम्युनिष्ट समाप्त पार्छु भन्दै हिडेको भन्दै उनले शाहीको विरोध गरे ।हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published.