सुनको मूल्यमा नयाँ रेकर्ड, आज पुनः बढ्यो

आर्थिक

काठमाडौं – सोमवार सुन तोलामा एकै दिन एघार सय रुपैयाँले बृद्धि भएको छ । सोमवार सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ ।सुन आइतवार प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बढेको सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागेको थियो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६५ रुपैयाँ पुगेको छ ।चाँदी आइतवार प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दुई वटा बैङ्कबाट भारत पुग्यो २६ करोड रुपैयाँ, कर्मचारीको सम्पत्ति शुद्धीकरण
अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको छ ।

नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैङ्कमार्फत भारत पुर्‍याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ।अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले नेपाल एसबिआई बैङ्क र एभरेष्ट बैङ्कबाट २६ करोड रुपैयाँ अवैध रुपमा भारत पुर्‍याएका हुन् ।

ती व्यापारीले बैङ्कका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शुद्धीकरण र अवैध कारोबार गरेको विभागले जनाएको छ । टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत पुर्‍याइएको हो ।

नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटक-पटक गरेर भारतीय बैङ्कमा रहेको आफ्नो खातामा पैसा लगेका हुन् । अनुसन्धानको क्रममा उनको नेपालमा कुनै पनि कम्पनी देखिएको छैन ।

Leave a Reply

Your email address will not be published.