“एनसेलको मैले नाम पनि सुनेको छैन ‘’ : देउवा

राजनीतिक

दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आ’पत्ति जनाएका छन् । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बता उनु भएको छ । नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने,

“एनसेलको मैले नाम पनि सुनेको छैन ।’ उनले वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने आफू नै रहेको दाबी गरेको छन। यस्तै, उनले ठूलो संघर्षबाट फालिएको राजतन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको टिप्पणी गरे। “कुनै पनि हालतमा राजतन्त्र फर्कि दैन्”, उनले भने, “यो हल्ला मात्रै हो ।” अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल तोकिएको समेत बताए ।

“दाङमा राम्रा भवन छैनन्”, उनले भने, “मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस।” बाँकेका काङ्ग्रेस सभापति सहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घ’टनाको दो’षीलाई कारवाही गर्न पनि उहाँले सरकारसँग माग गरे । “बाँके मा ग’म्भीर खालको घ’टना भएको हो”, उनले भने, “यो घ’टनाका दो’षी जो कोहीलाई पनि कार’वाही गर्नुपर्छ ।”

यो पनि हेर्नुहोस -छोरीलाई अरिङ्गालले टोकेपछि उपचारको लागि गएका विनिताका बुबा टोप बहादुरलाई डेङ्ग्यु लागेको छ । उपचारका लागि सँगै गएका बुबालाई नै महामारी रोग ‘डेङ्ग्यु’ लागेपछि परिवारमा थप चिन्ता थपिएको छ । टोप बहादुरलाई पनि चार दिनसम्म अस्पतामा भर्ना गरिएको थियो । अहिले उनी बुटबलस्थित आफन्तकै घरमा छन् । टोप बहादुर रोजगारीको सिलसिलामा भारत जाने गर्दथे । तर पछिल्लो समय भारतमा पनि कमाई नभएपछि केहि बर्षदेखि घरमै खेति गर्दै आएका थिए ।

विनिताकी आमा सुनिता कुँवरले परिवारमा एकपछि अर्को समस्या थपिदा आउँदा आफुलाई झन पिडा हुने गरेको बताइन् । छोरीलाई बचाउन चाहेपनि रकम अभावले समस्या परेको उनको भनाई छ । ‘छोरीलाई पहिलेकै अवस्थामा देख्ने मन छ, तर आर्थिक कमजोर भएकोले समस्या भयो ।’ विनिताकी आमा सुनिताले भनिन, ‘जे गर्नु धनले नै गर्दो रहेछ ।’ उनले भएभरको सबै सम्पत्ति बेच्दा पनि छोरीको उपचार खर्च पुग्न नसक्ने गुनासो गरिन् । ‘छोरी ति बिरामी भईभई, श्रीमानलाई पनि महामारिले छोप्यो ।’ गहभरी आँशु झार्दै उनले भनिन्, ‘अब सबैलाई सन्चो हुने कामना गर्नुबाहेक मसँग केहि विकल्प छैन ।’ स्थानीय राजन के.सी.ले विनिताको उपचारमा सबैले सक्दो आर्थिक सहयाग गरिदिन आग्रह गरे । ‘राज्यले नागरिकको स्वास्थ्यको ग्यारेन्टी गर्न नसक्दा उपचारको लागि हात फैलाउनुपरेको हो ।’ उनले भने, ‘भोलि यस्तै समस्या जो–कसैलाई पर्न सक्छ ।’

परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले सबैले सहयोग गर्नुपर्ने उनले बताए । विनिता कुँवर धुर्कोट गाउँपालिका ४ जैसिथोक स्थित पाञ्चायन माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी हुन् । विद्यालयका प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थीले पनि सबैले आफुसक्दो सहयोग गरि विद्यार्थी विनिताको उपचारमा सहयोग गरिदिन अपिल गरे । यदि कसैले उनलाई सहयोग गर्न चाहेमा धुर्कोटमा रहेको सनराईज् बैंकको खाता नम्बर ०९१०५१३१०७२१४००१ मा रकम जम्मा गर्न सकिनेछ । त्यसका साथै वडाध्यक्ष मान बहादुर कुँवरको फोन नम्बर ९८५७०६४५४८, स्थानीय राजन के.सी.को नम्बर ९८५७०६७४६०, तम्घासमा हुमाकान्त पोखरेलको नम्बर ९८५७०४९३३३ र बुटबलमा भेषराज अधिकारीको फोन नम्बर ९८४७१५५०६४ मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवारले जनाएको छ ।
Source-Gulmi news

 

Leave a Reply

Your email address will not be published.