जिल्ला झापा कारागारका महिलाहरु अत्यन्तै खुशी ,छमछमी नाच्दै यसरी हरितालिका तीज मनाउदै (हेर्नुहोस रोचक भिडियो सहित)

ताजा समाचार

नेपाली महिलाहरुको महान चाड हरीतालीका तिज हजुरहरुको कस्तो बिती रहेको छ ? हामी आप्नो चाड पर्व राम्रो बितोस भनेर सोची रहन्छौ तर के हामीले अरुका लागि कहिले सोचेका छौ त ? आज यो भिडीयो मा देख्नु भएको तिजको दृश्य हो जिल्ला झापा कारागारका महिलाहरुको, अत्यन्तै खुशी देखीन्छन्, छमछमी नाच्दैछन् ।.

कार्यक्रमको आयोजक कञ्चनजङ्गा ईन्चिटीयुट अफ हेल्थ एण्ड साईन्सेस लाई धन्यवाद छ । यहाँ भित्र भरखरका बच्चाहरु थिए केटीहरु थिए र वृद्ध आमाहरु थिए । तिजको दर खाई रहदाँ यती धेरै खुसी हुनुभयो कि आखा रसायो उहाँहरुको । आज दर मात्र होईन २५ हजार जरीवाना तिर्न नसकेर कैदी जिवन बिताई रहेकी एक आमालाई कञ्चनजङ्गा ईन्सिचुउटले रकम तिर्दै रीहा गरीदीएको छ ।

राष्ट्रपतिद्वारा तीजको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताउनुभएको छ ।

सन्देशमा उहाँले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.