काठमाण्डौंको कपनमा स्कुलको भ्यान पल्टिँदा दर्जन भन्दा बढी विद्यार्थी घाइते

ताजा समाचार

काठमाण्डौंको कपनमा स्कुलको भ्यान पल्टिँदा दर्जन भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर छ । विहान विद्यालय जाने समयमा भ्यान पल्टिएको हो ।कपनको फैकामा लिटिर वल्डर मन्टेश्वरीको बा ५ प ११४२ नम्बरको भ्यान सडकमा पल्टिँदा १३ जना बालबालिका घाइते भएको प्रहरीले जनाएको छ । घाइते बालबालिकाको ओम र मेडिकियर अस्पतालमा चावहिलमा उपचार भइरहेको छ भने ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

त्रिभुवन बिमानस्थलबाट सयौ यात्रु बोकेर उड्न लागेको कतार एयरवेजको विमान चरा ठोकियो

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट उडान गर्न लागेको कतार एयरवेजको विमान चरमा ठोकिएको छ । अहिले सो उडान रद्ध गरेर जहानको जाँच भइरहेको छ । कतारको दोहाका लागी उडान भर्न लागेको क्युआर ६४५ जहाजमा धावन मार्गमै चरा ठोकिए पछि उडान रद्ध गरेर जाँच सुरु गरिएको हो ।

मध्यान्ह १२.१०को उडान भर्नको लागी तयार भएको जहाजमा चरा आएर ठोकिए पछि उडान रद्ध भएका ेत्रिभुवन विमान स्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । अहिले कतार एयरवेजकै इन्जिनियरहरुले प्रविधिक जाँच गरीरहेको बताइएको छ । जहाज ठुलो दुर्घटना हुन बाट जोगिएको छ। जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको जानकारी प्राप्त भएकोे छ ।

१२ जनामा डेङ्गु

देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिनुभयो । यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.