विशेष रिपोर्टः भारतीय नागरिक नेपालका वडा अध्यक्ष ! सरकारी कार्यालयमै खुलेआम बिजुली चोरी (भिडियो)

ताजा समाचार

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३७६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

१. भारतीय नागरिक नेपालका वडा अध्यक्ष !
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् । लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन् । यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नागरिकता लिएका छन् ।

२. रौतहटका सरकारी कार्यालयहरुमै चोरीको बिजुली !
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका अधिकांश सरकारी कार्यालयहरुमा चारेर विजुली प्रयोग गर्ने गरिन्छ । यो फतवापुर वडा नम्बर ३ को वडा कार्यालय हो । यहाँ चोरी गरेर बत्ति बालिएको छ । विजुलीको तारबाट हुक गरेर विजुली चोर्नु यहाँ सामान्य जस्तै भइसकेको छ । सोही वडामा रहेका ट्ङग्राहा स्वास्थय चौकी हो । यस स्वास्थ्या चौकीमा पनि बर्षाैदेखि चोरीकै विजुली प्रयोग गरिदै अएको छ ।

३. विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गर्न खोज्दा बाधक बने वडा अध्यक्ष !
रामेछाप । कालिन्चोक फाउन्डेशन नेपालले रामेछाप मन्थली नगरपालिकाका वडा नम्वर ११ र १२ का सम्पूर्ण सरकारी स्कुलका विद्यार्थीहरुलाई निशुल्क झोला, ट्र्याक सुट, कापी र पेन्सिल वितरण गर्न खोज्दा त्यसमा पनि राजनीति गरिदैछ । काठमाडौंमा विभिन्न पेसा गरेर बस्ने रामेछापकै स्थानीय युवाहरुले आफ्नो क्षेत्रका लागि केही गर्न उदेश्य राख्दा पनि केही व्यक्तिहरुले अवरोध सिर्जना गरेको भन्दै हाम्रो कार्यालय आएका छन् ।

त्यस क्षेत्रका सांसदहरुको पनि महिनै पिच्छे खातामा पैसा आउँछ । जनतालाई सुख दिन्छु भनेर भोट मागेर गएर अहिले जनताले पाएको सास्ती हेर्न कसरी सक्नु हुन्छ ? आँफूले दुख पाएपनि आफ्ना भोटरले दुख नपाउन भनेर सोच्न मान्छे पो राजनीतिज्ञ हुन्छ । आँफू सारा सुविधा लिएर जनतालाई मर्न मात्र बाँकी राख्ने मान्छे राजनीतिज्ञ होइन चतुर खेलाडी हो जो काम गरेर खान नसकेपछि गफ दिएर खान पल्कियो । यो देशमा गरिबको बस्ती, अस्पतालदेखि स्टेडियमसम्म जनताको चन्दाले बन्दै छ, के बाटो पनि जनताले नै बनाउनु पर्ने हो ?

सरकारले हामी सक्दैनौ मात्र भनि हेरोस्, जनतापछि हट्दैनन् । यो दिन यति बजेर यति मिनेटमा भनेर, घोषणानै गरेर तयार गरिदिन्छन् । राजनीतिज्ञहरुले लाज पचाउने कि बचाउने, आँफै निर्णय गरुन् ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

Leave a Reply

Your email address will not be published.