छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह

ताजा समाचार

काठमाडौँ– नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।

भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन् । भाई अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन । विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको समाचारहरूमा जनाइएको छ ।

यो पनि हेर्नुहोस -यि युवा जसको २ मिनेटको भिडियोले बनायो रानु मण्डललाई स्टेशन गायिकाबाट स्टार
काठमाडौं। पछिल्लो केही दिनदेखी सोशल मिडियामा भिडियो भाइरल भएको छ । यो भिडियो हो, रानु मण्डलको जो अब हिमेर रेशमियासँग एउटा फिल्मको टाइटल गित गाइरहेकी छिन । रानु मरिया मण्डल ती नै हुन जसले केही दिन पहिला एउटा भिडियोमा प्लेटफर्ममा लता मंगेश्करको गित गाएको सुनिएको थियो ।

उनको आवाज र सुर यती सुमधुर थियो कि जो कोहीले उनको उच्च प्रशंसा गरे र उनी रातारात एउटा स्टार बनेकी छिन् । उनलाई रातारात हिट बनाउने एउटा युवा हुन जसको केबल २ मिनेटको भिडियोले रानुको जिन्दगी नै पुरै बदलियो ।

पश्चिम बंगालको रानाघाट स्टेशनमा गित गाइरहेकी रानु मण्डलको गितलाई रेकर्ड गर्ने ति ब्यक्तिको नाम हो अतीन्द्र चक्रवर्ती, जो पेशाले एक समाज सेवक हुन् । अतिन्द्र नै हुन जसले स्टेशनमा रानुले गित गाउदै गरेको सुने र उनको भिडियो बनाइदिए ।

अतिन्द्र यहाँ आफनो साथीसँग आएका थिए र उनलाई रानुको गित असाध्यै मन पर्यो । अतिन्द्र नै थिए जसले पहिलो पटक रानुको गितको भिडियो बनाएर फेसबुकमा पोस्ट गरे । अतिन्द्रले सायद यो पनि सोचेका थिएनन कि उनको यो सानो कोशिश रानुको जिन्दगीको यात्रालाई यसरी सुखद बनाइदिनेछ। आजकाल रानु जहाँ पनि जान्छिन अतिन्द्र त्यही देखिन्छन् ।

हिमेश रेशमियाले गराए बलिउडमा प्रवेश

गएको शुक्रवार मानिसहरु तब अचम्मित भए जब रानु मारिया मण्डल बलिउडमा प्रवेश गरेको खबर फैलियो । यो कुराको जानकारी हिमेश रेशमियाको इन्स्टाग्राम बाट दिइयो । हिमेश रेशमियाले शुक्रवार आफनो इन्स्टाग्राम एकाउन्टमा भिडियो शेयर गरे, जसमा रानु हिमेशसँग स्टुडियोमा एउटा गित रेकर्ड गरिरहेको देखिन ।

Leave a Reply

Your email address will not be published.