आफ्नै श्रीमतीलाई बला*त्कार गरेको अभियोग*मा एक जना पक्रा*उ

ताजा समाचार

भक्तपुर–आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए ।प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए ।

यो पनि हेर्नुहोस -एयर इन्डियाका जहाजलाई दक्षिण भारतका ६ वटा विमानस्थलमा इन्धन भर्न रोकनयाँ दिल्ली– भारतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर इन्डियाका जहाजलाई दक्षिण भारतका ६ वटा विमानस्थलमा इन्धन भर्न रोक लगाइएको छ ।

आयल मार्केटिङ कम्पनी (ओएमसी)ले एयर इन्डियालाई इन्धन उपलब्ध गराउन बन्द गरेको हो । एयर इन्डियाले यसअघिको बक्यौता नतिरेका कारण यी ६ एयरपोर्टमा तल भर्न नदिने निर्णय गरिएको ओएमसीले जनाएको छ ।

बिहीबार अपराह्न ४ बदेतिर एयर इन्डियालाई इन्धन उपलब्ध गराउन नसकिने जानकारी आएको स्रोतलाई उल्लेख गर्दै टाइम्स अफ् इन्डियाले जनाएको छ ।ओएमसीले एयर इन्डियालाई कोची, पुणे, पटना, राँची, बिशाखापत्तनम र मोहाली विमानस्थलमा इन्धन उपलब्ध नगराइने जानकारी दिएको हो ।

एयर इन्डियाका अधिकारीहरुले समस्या समाधानका लागि ओएमसीसँग वार्ता चलिरहेको बताएका छन् । ओएमसीलाई तिर्नुपर्ने मध्ये ६० करोड (भारु) हालै भुक्तान गरिएको पनि एयर इन्डियाका अधिकारीहरुको भनाइ छ ।तत्कालका लागि एयर इन्डियाले यी ६ विमानस्थलमा उडान भर्ने आफ्ना जहाजहरुलाई अन्य विमानस्थलबाट पर्याप्त इन्धन भरेर जाने भनेको छ ।

 

Leave a Reply

Your email address will not be published.